कुटपिटबाट विद्यार्थीको मृत्यु

कुटपिटबाट विद्यार्थीको मृत्यु

मुगु : फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको छ । छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो ।

कक्षा ६ मा अध्ययनरत दिलीपलाइ सो विद्यालयका छात्रवास सहयोगी अर्जुन सेजुवालले गत बिहीबार कुटपीट गरेपछि मृत्यु भएको आफन्तले बताएका छन् । कुटपिट पश्चात घाइते भएका दिलीपलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । तर बाहिरी चोट नदेखिएपछि डाक्टरले औषधि दिएर फिर्ता पठाएका थिए । तर उनको शनिबार बिहान छात्रबासमा मृत्यु भएपछि आफन्तले शनिबार नैं प्रहरीमा सेजुवालमाथि किटानी जाहेरी दिएका छन् ।

यो छात्रावासमा फरक क्षमता भएका विद्यार्थी मात्रै छन् । रारा नगरपालिका–५ कार्कीवाडाका जंगबहादुर भामले पनि कुटपिटबाट छोराको मृत्यु भएको बताए । जाहेरी लगत्तै प्रहरीले सेजुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने मृत्तकको शव पोस्टमाटम गरी आफन्तलाइ बुझाइएको छ । पोस्टमार्टम रिर्पोट र थप अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत रूपमा बताउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमदत्त जोशीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.