जिउँदै जोखेर खसीबोका खरीदबिक्री

जिउँदै जोखेर खसीबोका खरीदबिक्री

ओखलढुंगा : ओखलढुंगामा जिउँदै जोखेर मात्रै खसीबोका बिक्री गर्न थालिएको छ। पशु पालक किसानलाई जिउँदै जोख्दा मोल लिन सजिलो बनाउने भएकाले यस्तो अभियान थालिएको हो।

सिद्धिचरण नगरपालिकाको १० बाट जोखेर मात्रै बिक्री गर्न थालिएको वडा अध्यष दामोदर धमलाले बताए। यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले सहजीकरण गरेको छ।

नगरपालिकाको बेतिनीमा रहेको नमुना बाख्रापालन समूहका खसी बाख्रा पहिलोपटक जोखेर बेचिएका हुन्। अगुवा किसान घनश्याम बास्तोलाले २ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको १९ वटा खसीबोका जोखेर बिक्री गरे। तौलिँदा काँटा लगाएर आउने तौलमा प्रतिकेजी खरी जातका खसीबोकालाई ४ सय ८० रुपैयाँ, जमुना पारी जातका खसीबोकालाई ५ सय २० रुपैयाँ र बोयर जातका खसीबोकालाई ६ सय ५० रुपैयाँ भाउसमेत निर्धारण गरिएको छ। तौलमा लादी, रौं, खुर, सिङ जस्ता वस्तुको ह्रासकट्टी भने गरिदैन।

किसानको घरमै पुगेर व्यापारीले खसीबोका जोखेर खरीद गरेपछि किसान खुसी भएका छन्। ‘अनुमानकै भरमा मोलतोल गरेर खसीबोका बिक्री गर्दा हामी ठगिँदै आएका थियौं’, अगुवा किसान बास्तोलाले भने, ‘जोखेर कारोबार गर्ने भएपछि हामीले वास्तविक मूल्य पाएका छौं।’

खसीबोका व्यापारी ऋषिकुमार धमलाले नयाँ कामको सुरुवात भएको बताए। अरु समूहमा पनि आफू खसीबोका जोखेर कारोबार गर्न तयार रहेको उनको भनाई छ। समृद्धिले प्रदेश १ का ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर, उदयपुर र तेह्रथुम जिल्लाका किसानलाई लक्षित गरेर नश्ल सुधार, बजार व्यवस्थापन, सहुलियत ऋण सहजीकरण, प्राविधिक ज्ञान तथा तालिम र अनुदानलगायत क्षेत्रमा काम गर्ने गरेर उद्यमशीलता विकासमा सहगोग गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.