यसरी रहने खुसी

यसरी रहने खुसी

भाइबहिनीहरू, तिमीहरूलाई कहिलेकाहिँ निकै पिर पर्छ होइन ? तनाव हुँदा रुन पनि मन लाग्छ होला। तिमीहरूका कतिपय साथी त कक्षा कोठा वा विद्यालय बाहिर पनि रोएको देखेका छौ होला , होइन ?

तनाव व्यवस्थापन गर्न नसकेर नै साथी रोएको हो। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार, पढाईको तनावले गर्दा पनि विद्यार्थी रुने गर्छन। त्यस्तै घरपरिवार एवं बुवाआमाले माया गरेको अनुभुति नभएको अवस्थामा पनि बालबालिका रुने गर्छन्। साथीहरूले जिस्काएको वा अन्य कारणले गर्दा पनि विद्यार्थी रुने गर्छन्। डा. उपाध्याय भन्छन, ‘समस्याको समाधान गर्न नसक्दा तनाव हुन्छ। केटाहरू भन्दा केटीहरू छिटै र बढी रुने गर्छन्। तनावको व्यवस्थापन गर्न नसक्दा नै बालबालिका रुने गर्छन्। ’

अभिभावकले पढाईमा दबाब दिँदा पनि बालबालिकालाई तनाव हुन्छ। घरको समस्या वा वाताबरणले पनि उनीहरूलाई तनाव सिर्जना गरिरहेको हुन्छ। छोराछोरीलाई कुटपीट गर्ने , तर्साउने , गाली गर्ने प्रवृत्ति अभिभावकमा हुन सक्छ। यस खालको प्रवृति वा वाताबरण भएको अवस्थामा बालबालिकालाई तनाव हुन पुग्छ। घरमा पीडा दिने खालकोे वाताबरण छ भने पनि बालबालिकालाई नकारात्मक असर पार्ने डा. उपाध्यायको भनाई छ। नकारात्मक वाताबरण र व्यवहार भएको घरपरिवारमा हुर्किएका बालबालिकामा पछि मानसिक स्वास्थ्य समस्या पनि निम्तिन सक्ने डा. उपाध्यायको भनाइ छ। बुवा आमाबीचको झै झगडाले पनि बालबालिकामा नैराश्य वा तनाव उत्पन्न गर्छ। त्यसैले यस तर्फ अभिभावक सचेत र सतर्क हुनु पर्छ।

रुँदाको प्रभाव

दुःखको अवस्थामा बालबालिकालाई टेन्शन हेड्याक हुन्छ। रुँदाखेरी संवेदना बढ्छ। मस्तिष्कमा न्युरो ट्रान्समीटर सक्रिय हुन्छ। रोएको बेला स्ट्रेस हर्मोन कोर्टिसोल उत्पन्न हुन्छ। दुःख महसुस भएको अवस्थामा रुँदा आँखा रातो देखिन्छ। मस्तिष्कका मांशपेशी कस्सिन पुगेको हुन्छ। टाउको दुखे झैं महसुस हुन्छ। त्यस्तो बेला रोएको केहि समयपछि हलुका महसुस हुन्छ। खुशी भएको बेला आँशु झरेपनि टाउको दुख्ने समस्या हुँदैन। नकारात्मक सोचाईका कारण आँशु आएको अवस्थामा मात्र शीर दुख्छ। प्याज काट्दा पनि आँशु आउँछ। तर, त्यो बेला टाउको दुख्ने समस्या महसुस हुँदैन।

पीडा घट्छ

डा. उपाध्यायका अनुसार रोएको बेला तनावजन्य हर्मोनहरू पनि बाहिर निष्काशन हुन्छ। त्यसैले रुवाईपछि तनाव घटाउन पनि मद्दत गर्छ। डा. उपाध्याय भन्छन्,‘ गुम्सिएको पीडा वा तनाव आँशुसँगै बाहिर निष्काशन हुन्छ। त्यसपछि मनलाई हलुका महसुस हुन्छ।’ रुवाईले गुम्सिएको पीडा वा समस्या न्युनिकरणमा सहयोग पुग्छ। हाँस्दाखेरी पनि आँशु आउँछ। हाँशो वा खुशीले पनि तनाव कम हुन्छ।

विकसित मुलुकमा विद्यालयहरूमा बाल मनोविद् वा बालमनोचिकित्सकको व्यवस्था गरिएको हुन्छ। कुनै बालबालिकाको बानी व्यवहारमा एक्कासी परिवर्तन आयो भने बालमनोविद् वा बाल मनोचिकित्सकले ध्यान दिन्छन्। आवश्यक परेमा अभिभावकलाई बोलाएर घरको वाताबरण पनि सोधपुछ गर्छन्। खानेकुराको सम्बन्धमा पनि परामर्श दिन्छन्।

आँशु कस्तो बेला आउँछ ?

आँशु विभिन्न कारणहरूले गर्दा निस्कन्छ। दुःख एवं सुखको महसुस भएको बेला आँशु आउँछ। त्यस्तै आँखामा कसिंगर वा कुनै पदार्थ परेको बेला पनि आँशु निस्कन्छ। प्याज काटेको अवस्थामा पनि आँखाबाट आँशु आउँछ।

के गर्ने ?

अभिभावकको कर्तव्य

· घरको वातावरण बालमैत्री बनाउने

· गृहकार्यमा सघाउने

· स्नेहपूर्ण व्यवहार गर्ने

· हलुका व्यायाम गराउने

· आफनो इच्छा नथोपर्ने

· ज्ञानवद्र्धक कार्यमा प्रोत्साहित गर्ने

· रुचि नभएको काममा दबाब नदिने

· सन्तुलित र पोषणयुक्त भोजन खुवाउने

· बेला बेलामा घुमाउन लैजाने ÷खेल्न दिने

· विद्यालयको वातावरण र सन्तानको मनस्थिति बुझ्ने

· बेलाबखत शिक्षक ÷शिक्षिकासँग सल्लाह, सुझाव लिने

विद्यालयको दायित्व

· व्यवहारिक सिकाईमा जोड दिने

· विद्यालयको पूर्वाधार विद्यार्थीमैत्री बनाउने

· गुणस्तरीय ÷प्रयोगात्मक शिक्षा दिने

· बालमनोविज्ञानमा ध्यान दिने

· दक्ष शिक्षक ÷शिक्षिका नियुक्त गर्ने

· विद्यार्थीसँग रुखो व्यवहार नगर्ने

· तर्साउने वा सजाय गर्ने प्रवृत्ति हटाउने

· अभिभावकलाई बेलैमा आवश्यक जानकारी दिने

· शिक्षक ÷शिक्षिकाको व्यवहार र बोल्ने शैली सुधार्ने

साथीको भूमिका

· नजिस्काउने

· पीडा नदिने

· नहेप्ने-नपिट्ने

· साथीहरूसँग मिल्ने

· सुमधुर सम्बन्ध कायम राख्ने

बालबालिकाले परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याओस भन्नेमा नै अभिभावक र विद्यालयले दबाद दिने गरेको पाइन्छ। यसमै ध्यान जाने गरेको छ। विद्यार्थीको समग्रताको विकास र असल संस्कारतर्फ डोरयाउने वातावरणमा जोड दिनु पर्ने डा. उपाध्यायको सुझाव छ।साथीहरूबीचको मेलमिलाप,आपसमा सहयोग गर्ने बानीको विकास गर्ने तर्फ पनि ध्यान दिनु पर्ने खाँचो छ। परीक्षामा सर्वोत्कृष्ट नम्बर ल्याउनु पर्छ भन्ने तर्फ मात्र नभई बालबालिकाको समग्र विकास र सिर्जनशीलता तर्फ पनि बढी ध्यान केन्द्रीत गर्नु पर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.