टेलिफोनको आविष्कार

टेलिफोनको आविष्कार

महान् वैज्ञानिक एलेक्जेन्डर ग्राहमवेलले पहिलो पटक टेलिफोनको आविष्कार गरेका हुन्। उनको जन्म सन् १८४७ मार्च ३ मा स्कटल्यान्डमा भएको थियो। उनले सन् १८७६ मार्च १० मा टेलिफोनको आविष्कार गरेको पाइन्छ। उनको मृत्यु एनिमिया रोगको कारणले सन् १९२२ अगस्ट २ मा ७५ वर्षको उमेरमा क्यानाडामा भएको थियो। ग्राहमवेलले टेलिफोनको आविष्कार गर्दा घटना निकै रोचक छ।

ग्राहमवेलका आमा र पत्नी दुवै कान सुन्दैनथे। त्यसैले गर्दा उनलाई ध्वनि विज्ञान (साइन्स अफ साउन्ड) मा निकै रुचि थियो। त्यही रुचिले गर्दा नै उनले टेलिफोनको आविष्कार गर्न पुगे। आमा र पत्नीकै कारण उनलाई टेलिफोनको आविष्कारको रूपमा संसारभरि चिनायो।

ध्वनि विज्ञानमा खोज गर्दागर्दै उनलाई तारको मद्दतले ध्वनि तरंग पठाउन सकिन्छ भन्ने पक्का भइसकेको थियो। त्यसैले उनले थोमस वाडर्सनसँग मिलेर टेलिफोनको आविष्कार गरे। धेरै पटक यन्त्रमा तार जोडेर काम गर्दा पनि उनले सफलता पाउन सकेका थिएनन्। तर मार्च १० सन् १८७६ का दिन उनले प्रयोगशालामा काम गर्दा गर्दै कपडामा अचानक तेजाव पोखियो। त्यसपछि उनले सहयोगको लागि थोमसलाई बोलाए। थोमसले अचम्म मानेर सुने। ग्राहमवेलको आवाज उनले प्रत्यक्ष नभएर उनको छेउमा राखिएको यन्त्रबाट सुने। जुन यन्त्र नै अहिलेको विकसित टेलिफोन हो।

सन् १८७६ मार्च १०का दिन ग्राहमवेल र थोमबीच भएको त्यो कुराकानी नै टेलिफोनबाट गरिएको पहिलो कुराकानी थियो। यसरी ग्राहमवेलको उक्त आविष्कारले अहिले संसार हल्लाएको छ।

प्रस्तुति : सीता शर्मा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.