कांग्रेस सांसदको आपत्ति : 'सपथग्रहण नगरेका मन्त्री धेरै भए'
विराटनगर : प्रदेशसभा बैठकमा शून्य समयमा राखेको प्रश्नको जवाफ मन्त्रीले नभई सत्तापक्ष सांसदले दिने गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । आइतबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मन्त्रीले दिने जवाफ सांसदले दिएको भन्दै आपत्ति जनाएका हुन्।
सत्तापक्ष संसदतर्फ लक्षित गर्दै कार्कीले भने ‘हाम्रो सदनमा सपथग्रहण नगरेका मन्त्री धेरै देख्छु, कुरा उठायोकी मन्त्रीले भन्दा पहिले ड्याङ् की ड्याङ् छोपी हाल्छन्, सपथग्रहण गरेका मन्त्रीको कामै छैन ? ’ उनले सदनमा उठेका प्रश्नमा सपथग्रहण नगरेका मन्त्रीले दोहीरी खेल्न आवस्यक नरहेको भन्दै सत्तापक्ष सांसदलाई सचेत गराए ।
प्रदेश १ संसदको हिउँदे अधिवेशनको १६ औँ बैठकसम्म आइपुग्दा समेत मुख्यमन्त्री सहित मन्त्रीले प्रमुख विषयमा जवाफ नदिएको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गर्दै आएका छन्।