सिक्किम घुम्‍न जानेलाई बाँसको वाटर बोटल

सिक्किम घुम्‍न जानेलाई बाँसको वाटर बोटल

सिक्किममा प्लास्टिकको बोटल र फोहोरको प्रयोग पूर्ण रुपमा रोक्न बाँसको पानीको बोटल प्रयोगमा ल्याइएको छ । 

सिक्किम भ्रमणमा आउने पर्यटकका लागि बाँसको बोटल नयाँ आकर्षण बन्‍न पुगेको छ। सिक्किम भारतको लोकप्रिय पर्यटकीय स्थल हो । सिक्किमको मा वर्षेनी १ लाखभन्दा बढी पर्यटकहरु भ्रमण गर्छन्। 

लाछेन पहिलो सहर हो, जसले 'प्याकेज्ड वाटर बोटल'मा प्रतिबन्ध लगाएको छ । सन् १९९८ मा पहिलो पटक सिक्किमले प्लास्टिक बोटल प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । यस्तै सन् २०१६ मा सिक्किमको सरकारी कार्यलय र सार्वजनिक कार्यक्रममा प्लास्टिक बोटलको प्रयोगमा रोक लगाइएको हो।

सिक्किम भ्रमणमा आउने पर्यटकलाई प्लास्टिक बोटलको प्रयोग नर्गन आग्रह गरेका छन् । सिक्किमका स्थानिय अधिकारीहरुले १ हजार बाँसको बोटल अर्डर गरेका छन् । अब बिस्तारै बाँसको बोटलको आपूर्ति बढ्ने अनुमान गरिएको छ । 

भ्रमणमा आउने पर्यटकलाई पनि प्लास्टिक बोटल प्रयोग नर्गन कडा अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.