डेटमा गएको प्रहरी दम्पतीले रोक्यो डकैती

डेटमा गएको प्रहरी दम्पतीले रोक्यो डकैती

अघिल्लो शनिबार अमेरिकाको केन्टुकी राज्यका प्रहरी दम्पतीले रेस्टुरेन्टमा हुन सक्ने डकैती रोकेका थिए । एलिजाबेदटावन प्रहरी विभागका अधिकारी निकोल म्याकक्योन र गुप्तचर चेज म्याकक्योन डिनर डेटमा थिए । उनीहरू रेजिङ केन्स चिकेन फिंगर्स नामक रेस्टुरेन्टमा रमाइलो साँझ बिताइरहेका थिए । 

एक जना कालो लुगा र सेतो मास्क लगाएको मान्छे रेस्टुरेन्टमा आयो । रेस्टुरेन्टमा कम ग्राहक थिए । त्यस लुटेराले काउन्टरमा गएर पिस्टोल देखायो । रेस्टुरेन्टका कर्मचारीले काउन्टरमा भएको पैसा उसलाई दिए । 

खानपानमा रमाइरहेको म्याकक्योन दम्पतीले यी सबै दृश्य नियालिरहेको थियो । ‘अब प्रहरीको कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने निधो गरेर हामी त्यो बदमासलाई तह लगाउन उठ्यौँ,’ निकोलले ‘द वासिङ्टन पोस्ट’सँग भनिन्, ‘डेटमा पनि हामी आखिर प्रहरी नै थियौँ । टुलुटुलु हेरेर कसरी बस्न सकिन्थ्यो ?’ 

म्याकक्योन दम्पती आफूतिर दृढतासहित र डरलाग्दो तरिकाले अगाडि बढेको देखेर लुटेरा पिस्टोल फालेर भाग्यो । उसलाई केही परसम्म लखेटेर प्रहरी दम्पतीले समात्यो । 

लुटेरा लुइसभिल शहरमा बस्ने ३० वर्षीय जस्टिन कार्टर भएको खुल्यो । उनीविरुद्ध प्रहरीले कारबाही गर्दै छ । ‘हामीले प्रहरीको काम गरेका हौँ,’ श्रीमान् चेजले भने, ‘कुनै विशेष र तारिफयोग्य काम गरेका हैनौँ ।’ डेटमा जाँदा पनि प्रहरीको कर्तव्य निर्वाह गर्न नचुक्ने यस दम्पतीको सामाजिक सञ्जालमा अत्यन्त प्रशंसा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.