हुलाकी मार्ग निर्माणमा रहेका ६ गाडीमा आगजनी

हुलाकी मार्ग निर्माणमा रहेका ६ गाडीमा आगजनी

कपिलवस्तु : विजयनगर गाउँपालिकाको हुलाकी मार्ग अन्तर्गत लोहोरौलामा निर्माण भइरहेको सडकमा कार्यरत ४ वटा हेवी इक्प्युपमेन्ट र २ जीपमा अज्ञात समूहले गत राती आगजनी गरेका छन् । आगजनीबाट सो सडक निर्माणको जिम्मेवारी पाएको शर्मा एण्ड कम्पनीको २ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा वोलेरो पीक अप जीप क्षति भएका छन् । 

विजयनगर गाउँपालिका वडा नं. २ लोहरौला स्थित साइट अफिसमा पार्किङ गरी राखिएका एउटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा बोलेरो पीक अफ जीप करीब १ बजे  आगजनी गरेका हुन् । उनीहरुले साइट अफिसमा रहेका कर्मचारीका कोठाको बाहिरबाट चुक्कुल थुनेर आगजनी गरेको प्रहरीले जनाएको छ । 

यसै गरी शिवराज नगरपालिका-९ तुरुन्तपुरमा निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटर सोही समयमा आगजी गरिएको गणेशपुर इलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताए । 

आगजनी स्थलमा कारवाही किन ? भन्दै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको एक पर्चा भेटिएको प्रहरीले जनाएको छ । भेटिएको पर्चामा काममा गुणस्तर नभएको, शर्मा एण्ड कम्पनीले आफ्नो पार्टीको सुराकी गरेको र काम गर्ने सन्दर्भमा स्थानीयलाई मुआब्जा प्रदान प्रक्रिया पुरा नगरी काम सुरु गरेको जस्ता आरोप लगाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । आगलागीबाट ६ वटै निर्माण साधनहरु जलेर नोक्सान भएको छ । आगलागीको खबर पाएलगत्तै कृष्णनगर नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.