नेकपा सांसदको बलात्कार प्रयास : मामा बनेर कोठामा आएका थिए

नेकपा सांसदको बलात्कार प्रयास : मामा बनेर कोठामा आएका थिए

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावललाई जिल्ला अदालत कैलालीले चार दिनको म्याद थपि अनुसन्धान गर्न आदेश दिएको छ। उनीविरुद्ध धनगढीको उत्तरबेहडीमा डेरा गरि बस्दै आएकी एक महिलाले बलात्कार प्रयास गरेको उजुरी दिएकी थिइन।

रावललाई बुधबार कैलाली प्रहरीले पक्रेको थियो। ‘अदालतसँग १० दिनको म्याद थपको आदेश माग गरेका थियौं, तर चार दिन म्याद थपेर अनुसन्धान गर्न आदेश मिलेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने।

रावलले मामाको नाता लगाएर कोठामा जाने गरेको पीडित महिलाले  सञ्चारयाध्यमलाई बताएकी छन्। रावलले ती महिलालाई आफै फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाएका थिए। तीन पटकसम्म चिनजान नभएकाले एक्सेप्ट नगरेकी महिलाले पटक पटक पठाएपछि मात्रै एक्सेप्ट गरेको बताएकी छन्। उनले, फेसबुकमै रावलसँग चिनजान भएको पनि धेरै समय नभएको बताइन्।

उनले कता कताको नाता लगाएर भान्जी भन्न थाले। दुबै जना बीचमा मामा भान्जी भनेर फेसबुकमै कुराकानी हुन थाल्यो। फेसबुकमै महिलाले आफु बस्ने कोठाको लोकेशन नै भनेपछि रावल माघ २१ गते दिउँसो १२ बजेतिर महिलाको कोठामा पुगेका थिए। ‘अब मामा भनेपछि के को डर? आफु बस्ने ठाउँको लोकेशन भनेको थिएँ’ महिलाले भनिन्। महिलाले विभिन्न सञ्चार माध्यमलाई भनेकी छन् ‘दिउँसो १२ बजेको समयमा रावल मेरो कोठामा आए, श्रीमान काठमाडौं जानु भएको थियो। म ५ महिनाकी गर्भवती पनि हुँ। दिउँसो, कोठामै पल्टिरहेको थिएँ कोठामा आएर मेरो पलङमै बस्नु भयो। मेरो कोठामा अर्को पलङ पनि थियो तर सिधै मेरो पलङमा आएर हात समाउनु भयो। मैले बाहिर जान खोजे तर जान दिइएनन्, उनले समातेपछि मेरो लुगा पनि च्यातिएको छ।’

महिलाले माघ २१ गतेको घटना, काठमाडौंमा रहेका श्रीमानलाई त्यही दिन जानकारी दिइन्। उनका श्रीमानले आफु आएपछि मात्रै प्रकृया अगाडी बढाउने भनेपछि उनले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको बताएकी थिइन्।

रावल नेकपा सुदूरपश्चिम प्रदेशसभाका सचेतक पनि हुन। अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा पराजित भएका रावल पछि अछाम निर्वाचनक्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा जितेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.