बक्यौता तिर्न क्यासिनोलाई ३ महिने अल्टिमेटम

बक्यौता तिर्न क्यासिनोलाई ३ महिने अल्टिमेटम

सुनिता कार्की

काठमाडौं : मुलुकमा सञ्चालित क्यासिनो तथा मिनी क्यासिनोले रोयल्टीबापत करिब १ अर्ब रुपैयाँ तिर्न बाँकि रहेको छ। हरेक वर्ष आर्थिक विधेयकमा क्यासिनो सञ्चालनका लागि रोयल्टी रकम तोकिएको हुन्छ। तर, सञ्चालित २ क्यासिनो र ३ वटा मिनी क्यासिनोले २०७१ सालयता कुनै पनि रोयल्टी नतिरेको सम्बन्धित मन्त्रालयको तथ्यांक छ।

यसअघि मन्त्रालयले बक्यौता रकम तिर्न सम्बन्धित क्यासिनो सञ्चालकलाई फागुनपछि ३ महिनाको अल्टिमेटम दिएको छ। निर्धारित समयमा पनि बक्यौता रकम बुझाउन नआए कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई जानकारी गराई बाँकि असुल उपर गरिने जानकारी दिइएको छ।

क्यासिनोले ४ करोड रुपैयाँ र मिनी क्यासिनोले १ करोड रुपैयाँ वार्षिक रोयल्टीबापत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। तर, ती क्यासीनोले २०७१ सालयता ६ वर्षको अवधिमा बुझाउनुपर्ने रोयल्टी नबुझाएका कारण त्यसको जरिवानासहित उक्त रकम बराबर राजस्व उठाउन बाँकि भएको हो।

हरेक आर्थिक वर्षको अन्त्यसँगै क्यासिनोले रोयल्टी बझाउनुपर्ने हुन्छ। नयाँ आर्थिक वर्षको पहिलो २ महिना (साउन र भदौ)सम्म तिरे कुनै पनि जरिवाना नलाग्ने व्यवस्था छ। त्यसपछिको ३ महिना (असोज, कात्तिक र मंसिर) भित्र राजस्व बुझाउन आए तिनुपर्ने राजस्वको १५ प्रतिशत थप शुल्क बुझाउनुपर्ने हुन्छ। मंसिरसम्म पनि तिर्न नआए तिर्नुपर्ने कुल राजस्वको ३० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

पर्यटन विभागबाट स्वीकृति लिई हाल मुलुकमा १० क्यासिनो र ५ मिनी क्यासिनो सञ्चालनमा छन्। ३ मिनी क्यासिनो एउटै नामबाट फरक फरक ४ स्थानमा पनि सञ्चालनमा छन्। तीमध्ये रोयल्टी नतिरेका २ क्यासिनो र ३ मिनी क्यासिनो सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा आइरहेका छन्।

होटल याक एन्ड यतीमा गिल्ट इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले सञ्चालन गरेको क्यासिनो रोयल र होटल र्‍याडिसनमा भेनस रिक्रियसन प्राइभेट लिमिटेडले सञ्चालन गरेको क्यासिनो र्‍याड (भेनस)ले ६ वर्षदेखि रोयल्टी बुझाएका छैनन्। ती कम्पनीले करिब ६२ करोड रुपैयाँ राजस्व र जरिवाना तिर्न बाँकि छ।

यस्तै, रक इन्टरनेसलनले धनगढी, वीरगन्ज, भैरहवा र काँकटभिट्टामा क्यासिनो रकको नाममा सञ्चालन गरिरहेको छ। त्यसबापत रोयल्टी बुझाउन बाँकि देखिन्छ। ह्याप्पी आवरले होटल स्विट ड्रिम, भैरहवा, नेपालगञ्ज र काँकटभिट्टामा क्यासिनो ह्याप्पी हावर सञ्चालन गरे पनि राजस्व बुझाएको छैन। सेन्ट्रल मिडियाले महेन्द्रनगर, वीरगञ्ज, विराटनगर र काठमाडौंमा सीएमजी क्लब नामक सञ्चालन गरी राजस्व नतिरेको उल्लेख छ।

क्यासिनो सञ्चालन नियामावली, २०७० अगाडि एउटै नाममा जति स्थानमा क्यासिनो सञ्चालन गरे पनि एउटै रोयल्टी तिर्नुपर्ने व्यवस्था थियो। नियामावलीपछि जति स्थानमा क्यासिनो सञ्चालन गरिएको हो, सोहीबमोजिम छुट्टाछुट्टै रोयल्टी बुझाउनुपर्ने भनिएको छ।

बक्यौता रकम नउठेपछि सरकारले रकम असुलीका लागि क्यासिनो अनुगमन समिति गठन गरी बक्यौता उठाउने तयारी गरेको छ। उक्त समितिमा पर्यटन मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, अर्थमन्त्रालयका सहसचिव र २ जना क्यासिनो सञ्चालक रहेको जानकारी दिइएको छ। उक्त समितिको चाँडै बैठक बसी रकम नतिर्नुको कारण, समस्या केमा छ र कहिलेसम्म तिर्ने भन्नेमा सरोकारवालासँग छलफल गरी निश्कर्ष निकालिने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.