बाआमा खोज्दै ७ महिने ममता

बाआमा खोज्दै ७ महिने ममता

धनगढी : बुवाको रेटिएको घाँटी, आमाको रक्ताम्य मृत शरीर । मध्यरातमा घरमा कोही छैनन् । रातभरि आमाको स्तन खोजिरहेकी ७ महिने अवोध ममताको हातमा बुवाको घाँटीबाट बगिरहेको रगत मात्रै लाग्थ्यो । 

७ महिने ममता भण्डारी, अर्को दिन दिउँसो १ बजे रुदाँ रुँदै थकित भएको अवस्थामा फेला परिन् । ममताकै लागि दुध लगेर गएकी दिदी नाता पर्ने छिमेकी पार्वती भाटले ममताका बुवा ५२ वर्षका जयराज भण्डारी र २२ वर्षीया आमा धना विष्ट भण्डारीको हत्या भइकेको कारुणिक दृष्य देखिन् ।

फागुन १४ गते मध्यराती कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ५२ वर्षीय जयराज भण्डारी र २२ वर्षीया धना विष्ट भण्डारीको विभत्स हत्या भयो । दुवै जनाको घाँटी रेटेर निर्मम हत्या भएको र ७ महिनाकी छोरी ममता घाइते अवस्थामा फेला परिन् ।

फागुन १४ गते राती आमाको काखमा सुतीरहेकी ममतालाई हत्याराले लुटेर लग्यो । घाँटी रेटिएर रगत लतपत भएका बुवाको लाशमा रुँदै गरेको अवस्थामा घाइते फेला परेकी ममता अहिले माया मेट्रो अस्पतालको एनआईसीयुमा छिन् । ‘बुवाको रगतले लतपतिएको अवस्थामा उनलाई भदै पार्वती भाटले भेटिछन्’, ममताकी मावली पट्टीकी बज्यै रम्भा विष्टले भनिन्, ‘भित्र रोइरहेको देखेपछि पार्वती भित्र छिरिन् र यस्तो विभत्स घटना देखिनछन् ।’ 

जयराजको पहिलो श्रीमतीको क्यान्सरका कारण मृत्यु भएपछि धनासँग उनको विवाह २०७५ सालमा भयो । जयराजका पहिलो श्रीमतीपट्टिका दुई छोरा र एक छोरी छन् । अचानक भएको भण्डारी दम्पत्तीको हत्यारा अहिलेसम्म पत्ता लागेका छैनन् । 

माया मेट्रो अस्पतालका बालरोग विषेशज्ञ डाक्टर मोहन साउद ममताको उपचारमा खटिएका छन् । टाउकोमा चोट लागेको र निमोनिया भएकी ममताको अवस्था सुधार हुँदै गएको डाक्टर साउद बताउँछ् । 

‘सुरुमा अस्पताल ल्याएका बेला त अवस्था गम्भीर नै थियो, अहिले एकदमै सुधार आएको छ’, डाक्टर साउदले भने, ‘निमोनिया पनि भएको थियो, टाउकोमा गम्भीर चोट थियो, पछारेको जस्तो, तर अहिले एकदमै सुधार आएको छ, एक-दुई दिनमा एनआईसीयुबाट बाहिर सार्छौं ।’

उनको उपचारमा लाग्ने सबै खर्च माया मेट्रो अस्पतालले निशुल्क गरिदिएको छ । ‘बुवा आमाको हत्याको खबर थाहा पाएपछि, ममता अनाथ भएको थाहा पायौं। अस्पतालको सम्पूर्ण खर्च निशुल्क गरिदिएका छौं’, धनगढीको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले भने । 

हत्यारा पत्ता लगाउन प्रहरी असफल

दम्पत्तीको हत्यामा संलग्नको खोजी भइरहेको बताउँदै आएका कञ्चनपुर प्रहरीले केहीलाई सोधपुछ गरे पनि, अहिलेसम्म हत्यारा पत्ता लगाउन भने सकेको छैन । दम्पत्तीको हत्या गरी अवोध बालिकालाई घाइते बनाएर जाने क्रुर अपराधीलाई खोज्न कञ्चनपुर प्रहरी सक्रिय पनि नदेखिएको पीडितका आफन्तले बताएका छन् ।

‘छोरी ज्वाइका हत्यारा अहिलेसम्म पनि पत्ता लागेका छैनन्, प्रहरी सक्रिय भएको अनुभुती भएको छैन’, आमा रम्भा विष्टले भनिन् । उनले छिटोभन्दा छिटो छोरी र ज्वाइका हत्यारा पत्ता लगाएर न्याय दिन आग्रह गरिन् । 

कञ्चनपुर प्र्रहरीले भने अपराधी नै पत्ता नलागे पनि, त्यसको केही नजिक पुगेको बताएको छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौड्यालले अनुसन्धान भइरहेको र छिट्टै पत्ता लाग्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.