'अब देउवाबाट कांग्रेस चल्दैन'

'अब देउवाबाट कांग्रेस चल्दैन'

सिरहा : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अब शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने बताएका छन् । आइतबार बिहान नेपाल प्रेस युनियन सिरहा शाखाद्वारा लहानमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भने, 'सभापति शेरबहादुर देउवाको ४ वर्ष हामीले  हेरिसक्यौं, अब देउवा जीको नेतृत्वमा कांग्रेस चल्दैन, अघि बढ्न नि सक्दैन।'  

उनले गलत प्रवृतिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न नयाँ नेतृत्व चाहिने बताए । 

भागवण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृति मौलाइरहेको डाक्टर कोइरालाको भनाइ छ । ‘भागवण्डा मिल्यो भने ठिक, नभए बेठिक । म गुटको राजनीति गर्दिनँ,’उनले भने,‘यस्तो राजनीतिलाई विकृतिको रूपमा लिएको छु ।’ 

पत्रकार भेटघाटमा उनले कोइराला परिवार एक ढिक्का रहेको बताएका छन् । आउँदो महाधिवेशनमा कोही एकजना सभापतिको उम्मेदवार बन्ने पनि उनले सुनाए । यो विषयमा अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि समर्थन जनाएकी छिन् ।  

‘हामी तीन (शंशाक, शेखर र सुजाता)मध्ये एकजना सभापतिको उम्मदेवार हुने छौं। अरु पनि छन् । कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौँ,’उनले भने,‘तीन जनामा दुई जना हट्छौँ । जो पपुलर हुन्छ उही सभापतिमा लड्छौँ ।’ काँग्रेसलाई पुरानै अवस्थमा पुर्‍याउन कसले सक्छ भन्ने निर्णय कार्यकर्ताले गर्ने उनले बताए । 

जुन कामले शेरबहादुर देउवाले सुशील कोइरालालाई अप्ठ्यारोमा पारेका थिए त्यही काम अहिले पनि उनले गरिरहेका डाक्टर कोइरालाको आरोप छ । ‘विभाग गठनकै कारण सुशील कोइरालालाई शेरबहादुरजीले अप्ठयारो पारेको हो नि । ६ महिनासम्म केन्द्रीय समितिको बैठकमै आउनुभएन । राजीनामा दिनुभयो । सुरुमा विभाग गठन गर्न दिनुभएन । गरे पनि चल्न दिनुभएन,’उनले भने,‘आज उहाँले त्यही काम गर्दै हुनुहुन्छ । विभागको प्रमुख को भए ? म व्यक्तिमा जान चाहन्नँ । तर, यतिबेला गठन गर्नु उचित हो वा होइन ? भन्ने प्रश्न छ ।’

‘लोकतन्त्र र संविधान खतरामा छ’ 

सरकारको गतिविधिले गर्दा लोकतन्त्र र संविधान खतरामा रहेको उनको भनाइ छ । डाक्टर कोइरालाले भने,‘एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने सरकारमा रहेका पार्टी नेकपामा चलिरहेको छ । त्यसले विकृति निम्तिन्छ । यस्तै विकृतिका कारण संविधान र लोकतन्त्र खतरामा छ ।’

संसदमा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयक नेकपाको इच्छाअनुसार पास भयो भन्ने लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ । ‘हामी उग्रराष्ट्रवादमा विश्वास गर्दैनौँ । कम्युनिष्टहरूले जनवादी केन्द्रीयतामा विश्वास गर्छ,’उनले भने,‘त्यही भएर एउटा व्यक्तिको हातमा शक्ति राख्ने सोच्छ । संवैधानिक निकाय अख्तियारलाई एउटा सरकारको विभाग जस्तो बनाउँदैछन् । सेना परिचालन गर्ने अधिकार राष्ट्रपतिलाई दिनुपर्छ नेकपाले तर्क गर्दैछन् ।’ यी सब कारणले गर्दा लोकतन्त्र र संविधान खतरा परेको उनको तर्क छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.