‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय

‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय

तेहरान : इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडान नगर्ने आइतवार घोषणा गरेको छ। विश्वमा कोविड १९ को संक्रमण भइरहेका वेला इरानले उक्त निर्णय लिए पनि यो संक्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ।

कोविड १९को संक्रमणका कारण इरानमा आइतवारसम्म कम्तीमा १९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

इरानी वायुसेवा कम्पनीले विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो। यद्यपि इरानले यसलाई महामारी नियन्त्रणका उपायका लागि लिइएको निर्णय नभई यूरोपेली अधिकारीहरूले विनाकारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ।

यूरोपेली उड्डयन सुरक्षानिकाय (इएएसए) ले खासगरी एउटा एअरबस ए३२१–२०० र अन्य दुईवटा एअरबस ए३३०–२०० इरान एअरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो। ती विमानले अन्तरराष्ट्रिय वायुसेवा नियमअनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ।

स्वीडेनले यही मार्च २ मा एअर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो। तर उक्त निर्णयमा इरानले माहामारीलाई रोक्न गरेका प्रयास पर्याप्त नभएको उल्लेख गरिएको थियो।

इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ््रयाङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरै ठाउँमा उडान भर्दै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.