होलीमा सुनसान उदयपुर

होलीमा सुनसान उदयपुर

उदयपुर : निकै तामझामका साथ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व यस वर्ष उदयपुरमा सुनसान देखिएको छ। होली आउनु करिब एक साता अघिदेखि चहलपहल हुने यो पर्व यस वर्ष कोभिड-१९ (कोरोनो भाइरस) विश्वव्यापी रुपमा फैलँदै गएकाले सुनसान बनेको हो।

स्थानीय प्रशासनले माइकिङ्ग, प्रचार पम्प्लेट र सञ्चार माध्यमबाट भेला तथा कार्यक्रमहरु नगर्नु भन्दै प्रचारप्रसार गरेपछि सर्वसाधरणको पर्वप्रतिको उत्सुकतामा कमि आएको हो। सदरमुकाम गाईघाट आसपासका बजार जलजले, देउरी, मोतिगडा, व्यापारीक केन्द्र कटारी, मुर्कुची, घुर्मि, बेल्टार, बसाह, रामपुरलगायत बजारहरु सुनसान रहेका छन्।

कोरोना भाइरस कुनै पनि बेला भित्रिन सक्ने खतरा बढे्काले प्रशासनले सर्वसाधारणको चहलपहल हुने पर्व, कार्यक्रमलाई तत्कालका लागि स्थगन गरी सुरक्षित रहन आग्रह गरेपछि सर्वसाधरण सजग बनेको अधिकारकर्मी महेश्वरी राईले बताइन्।

पानी र रङ प्रयोग नगरी सामाजिक संजाल वा अन्य माध्यमबाट शुभकामना सन्देश प्रवाह गर्न स्थानीय प्रशासन सर्वसाधरणलाई अपिल गरेको छ। पर्वको चहलपहल घटेसँगै व्यापारसमेत ठप्प भएको छ। साता अघिदेखि बजारमा लोला, रङ्ग, अविर, टिसर्टहरु किन्नेको चहलपहल बढेपनि यो बर्ष साना साना बालबालिका त्यो पनि न्युन संख्यामा मात्र किन्ने गरेको व्यापारीहरुको भनाई छ।

सडकको पेटीमा व्यापार गर्दै आएका रामनारायण साहले भने, ‘अघिल्लो बर्ष होली आउने अघिल्लो दिनसम्म झण्डै डेढ लाखसम्मको व्यापार हुन्थ्यो, यसपटक त १० हजार पनि पुगेको छैन्।' ‘विक्री होला भन्ने ठानेर ऋण लिएर भएपनि सामान मौजाद गरियो,' उनले भने, ‘तर यसपटक विभिन्न कोरोनाका कारण प्रशासनले कडाईगर्दा व्यापार नै ठप्प भो, ऋण तिर्न नै मुस्किल भयो।'

रोग प्रवेशभन्दा पनि सामाजिक सञ्जालमा फैलिएको त्रासले व्यापारी मर्कामा परेको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश रसाईलीले बताए। उनले भने, ‘मदिरा, होटल तथा मासुबाहेक रगं, अबिर, लोला, भेष्टबाट मात्र गाईघाटमा एक करोड बढिको कारोबार हुने गर्दथ्यो, जुन यसपटक एक लाख पनि पुगेन।' जमघट भएर होटलमा खानपिन नभएपनि सामान्य मासु र मदिरा पदार्थहरु व्यक्तिले घर घरमै लगेर खाएको उनको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.