निर्मलबस्तीमा सर्पदंश उपचार केन्द्र

निर्मलबस्तीमा सर्पदंश उपचार केन्द्र

सिमरा : नेपाली सेना र ठोरी गाउँपालिकाको सहकार्यमा पर्साको निर्मलबस्तीमा सर्पदंश केन्द्र सञ्‍चालनमा आएको छ । सर्पको डसाइबाट स्थानीयले उपचार अभावमा अकालमै ज्यान गुमाउनु परेपछि पर्सा राष्ट्रिय निकुञ्जमा रहेको सिद्धिबक्स गणको अगुवाइमा सर्पदंश केन्द्र संचालनमा आएको हो ।

निकुञ्जको सुरक्षाका लागि निर्मलबस्तीमा स्थापना गरिएको सेनाको सुरक्षा गुल्मको भवनमा केन्द्र स्थापना गरिएको हो । नेपाली सेनाको २८ नम्बर बाहिनि अड्डा जीतपुरका बाहिनिपति सहायक रथि अनुपजंग थापा र ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले केन्द्रको संयुक्तरुपमा उद्घाटन गरेका थिए । 

केन्द्रको उद्घाटन गर्दै सहायक रथी थापाले मानवीय संवेदनशिलतासँग जोडिएको काममा समुदाय र सेनाबीचको सहकार्यले आफूलाई निकै उत्साहित बनाएको बताए । उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा आफू आशावादी रहेको भन्दै थापाले नागरिकको सेवा समर्पित हुन सेनालाई निर्देशन दिए। 

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले नागरिकको स्वास्थ्यमा सेनाले देखाएको चासोप्रति खुःशी व्यक्त गरे । सर्पदंश केन्द्र स्थापना भएपछि सर्पको डसाइबाट हुने मानवीय क्षति कम हुने श्रेष्ठको भनाइ थियो । 

सिद्धिबक्स गणले सर्पदंश केन्द्रका लागि प्राविधिक र शैया (बेड) को व्यवस्थापन गरेको छ भने ठोरी गाउँपालिकाले औषधि उपलब्ध गराउने भएको छ । सर्पदंश केन्द्रमा नेपाली सेनाका दुईजना प्राविधिक २४ घण्टा खटिनेछन् । केन्द्र स्थापना भएपछि निर्मलबस्तीसहित इच्चानगर, सुवर्णपूर, ठोरी, अमुवालगायत वरपर क्षेत्रका २५ हजार सर्वसाधारणले सेवा लिन सक्ने सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले जानकारी दिए । 

'ग्रामीण भेगका स्थानीयलाई लक्षित गरी हामीले सर्पदंश केन्द्र स्थापनाका लागि पहल थालेका थियौं । गाउँपालिकाको सहकार्यले हामीलाई अझ उत्साहित बनाएको छ, थापाले भने, 'अब यो केन्द्र सञ्चालनमा आएपछि यस भेगका सर्वसाधारण तत्काल उपचार सेवा पाउनेछन् ।'

यसअघि सर्पले डसेका बिरामीलाई उपचारका लागि वीरगन्ज र चितवन लैजानुपर्ने बाध्यता थियो । समयमै उपचार नपाउँदा अकालमै मृत्यु भएका घटना बढ्न थालेपछि सर्पदंश केन्द्र संचालनमा ल्याइएको प्रमुख सेनानी थापाले बताए । 

सर्पदंश केन्द्र स्थापना भएपछि स्थानीय समेत खुशी देखिएका छन् । केन्द्र उद्घाटनका क्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जन, जनप्रतिनिधि, सेनाका अधिकृत र स्थानीयको सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.