बोलेरो दुर्घटनामा ११ जना घाइते, दुईको अवस्था गम्भीर
ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-४ को केत्तुके बजार नजिकै बोलेरो दुर्घटना भएको छ।
बिहीबार बिहान वीरगञ्जबाट रुम्जाटारतर्फ आउँदै गरेको ०१-०२२ च ३१८३ नम्बर बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। २ जनाको अवस्था भने गम्भीर छ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा सवारी चालक वीरगञ्जका अनिल कुमार सहनी र सुगन्धी देवी विन रहेका छन्।
घाइतेलाई ओखलढुंगा सामुदायिक अस्पतालमा ८ जना घाइतेको उपचार भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले दुर्घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !