बलात्कार आरोपी सांसद होली मनाउन एसपीको कार्यकक्षमा

बलात्कार आरोपी सांसद होली मनाउन एसपीको कार्यकक्षमा

धनगढी : कानुन सबैका लागि बराबर हुनुपर्छ। तर, कैलाली प्रहरीले शक्तिको बलमा बलात्कारको आरोपमा थुनामा रहेका नेकपाका सचेतक तथा प्रदेशसभा सदस्य अक्‍कल रावललाई आफ्नै कार्यकक्षमा होली मनाउन दिएको कुरा बाहिरिएको छ। 

नेकपा निकटका महिलाको समूहले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरिकै कार्यकक्षमा पुगेर बलात्कारको आरोपमा प्रहरी थुनामा रहेका प्रदेशसभा सदस्य रावलसँग रंग लगाएर होली खेलेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरी उपरीक्षक सुदीप गिरिको कार्यकक्षको सोफा र पर्दा देखिने गरी सार्वजनिक भएको तस्बिरमा, अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारी सहितका तीन जना महिला र एकजना पुरुषले हाँस्दै गरेको तस्बिर सार्वजनिक भएको हो।

साविकको माओवादीबाट नेकपाको सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेकी लक्ष्मी शाह, सहितका तीनजना महिला र एकजना पुरुषले होली खेलको हुन् । रावल, बलात्कार आरोपमा फागुन २१ गतेदेखि प्रहरी हिरासतमा छन् । 

नेकपा प्रदेश कमिटी सदस्य लक्ष्मी शाहले आफ्नो फेसबुक वालमा पोष्ट गरिएको तस्बिरमा 'स्पेसल होली' भनेर स्टाटस पनि लेखेकी छिन् । 

धनगढी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी एक महिलाले, प्रदेशसभा सदस्य रावलले आफूमाथि कोठामै आएर बलात्कारको प्रयास गरेको भन्दै फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्। 

श्रीमान काठमाडौं गएका बेला मामा नाता लगाउँदै रावल, माघ २१ गते आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छिन । यद्यपी प्रदेश सभा सदस्य रावल भने त्यो कुरा झुटो भएको दाबी गर्दै आएका छन । 

रावललाई फागुन २१ गते कैलाली प्रहरीले पक्राउ गरेको थियो । उनको पहिलो पटक ४ दिन र त्यसपछि ७ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने पीडकलाई हौसला दिने गरी नेकपाकै महिला नेतृहरुले, प्रहरी प्रमुखकै कार्यकक्षमा बोलाएर अबिरजात्रा गरेपछि सामाजिक सञ्जालमा त्यसको विरोध पनि भएको छ। 

यसबारेमा कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले होलीका दिन हिरासतमा रहेका सबैलाई होली खेल्न दिइएको बताए । 'कार्यकक्ष त होइन, जिल्ला प्रहरी कार्यालयको मिटिङ हल हो,' उनले भने, 'तर बाहिर आएर होली खेल्ने कुरा त थिएन, साथीहरुले के गरेछन ?'

नेपाल बार एशोसीएशन कैलालीका पूर्वअध्यक्ष बीरबहादुर जेठाराले यसरी बलात्कारको आरोप लागेका व्यक्तिलाई हिरासत कक्षबाट बाहिर निकालेर प्रहरी प्रमुखकै कार्यकक्षमा होली खेलाउन नपाइने बताए ।

'कानुन सबैका लागि बराबर हुनुपर्छ। बराबर हो पनि। तर प्रहरीले कसैलाई यसरी आफ्नै कार्यकक्षमा बोलाएर होली खेल्न दिन्छ भने कसैलाई बाहिर नै आउन दिँदैन। कानुनी हिसावले यो विभेद हो,' उनले भने ।

उनले नेपालको कुनै पनि कानुनमा हिरासतमा रहेका व्यक्तिलाई चाडबाडका बेला बाहिर निकालेर मनाउन दिने कुनै कुरा उल्लेख नभएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.