गुराँस फुल्यो, आएनन् पर्यटक

गुराँस फुल्यो, आएनन् पर्यटक

तेह्रथुम : पर्यटक जान छाडेपछि गुराँसको राजधानीले परिचित तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र सुनसान बनेको छ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा फैलिएको टीएमजे क्षेत्रमा कोरोना भाइरसका पर्यटन व्यवसाय नै धरापमा परेको छ।

यो समय गुराँस फुल्ने समय हो। यस क्षेत्रमा पर्यटक चहलपहल हुने भए पनि कोरोना भाइरसको संक्रमणले जमघट र हिँडडुल हराउँदा यस क्षेत्रमा कोही पर्यटक नपुगको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। ‘वनैभरी लालीगुराँस फुले पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल छैन’, टीएमजे पर्यटन समितिका अध्यक्ष सन्तोष लिम्बूले भने, ‘गत साल मात्रै गुराँस फुल्ने यो समयमा ५० हजार पर्यटक यो क्षेत्रमा पुगेका थिए।’

गत वर्ष दैनिक दुई सयदेखि पाँच सयको हाराहारीमा पर्यटक घुमफिर गर्न र गुराँस हेर्न आउने गरेकोमा यो वर्ष शून्य उपस्थिति देखिएको गुफापोखरीका होटल व्यवसायी हिमा खनालले बताइन्। गुराँस फुल्ने सिजन फागुनदेखि वैशाखसम्म हो। मस्त गुराँस फुलेको बेला कोरोनाको डरले पर्यटक नआउनु दुःखद भएको चौकी बजारका फुटिक शेर्पाले बताए। टीएमजे क्षेत्रमा विशेष गरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाख, जेठ सम्म लालीगुराँस हेर्न पर्यटक पुग्छन्।

समुद्री सतहदेखि २९ सय मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण बनावट पर्यटकको रोजाइमा पर्छ। टीएमजे क्षेत्र तीन जिल्ला गरी जम्मा ५ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस एकै ठाउँमा पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.