निःशुल्क मास्क र औषधि वितरण
भोजपुर : कोरोना भाइरस (कोभिड-१९) बाट बच्न अरुण गाउँपालिकाको ७, जरायोटारले निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ४ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरेको हो ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि जरायोटार वडाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । वडाका करिब २ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिने वडाध्यक्ष डिल्लीराम अधिकारीले बताए । भने, 'देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै वडाबासीलाई २ वटाका दरले मास्क वितरण गर्ने योजना बनाएका हौँ।'
वडाले सेवा लिन आउने सेवाग्राहीलाई औषधि समेत वितरण गरेको छ । यसअघि वडाले सामुदायिक विद्यालयका ३ सय १५ विद्यार्थीलाई माक्स वितरण गरिसकेको छ ।