पर्यटन व्यवसायीले मागे राहत प्याकेज

पर्यटन व्यवसायीले मागे राहत प्याकेज

काठमाडौं : कोरोना भाइरसले पर्यटन क्षेत्रमा शिथिलता उत्पन्न भएको भन्दै पर्यटन व्यवसायीले राहत घोषणा गर्न उपप्रधान तथा रक्षामन्त्री समक्ष माग राखेका छन्। कोरोना जोखिम न्यूनीकरण गर्न सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ।

व्यवसायमा संकट उत्पन्न भएको भन्दै व्यवसायीले राहत प्याकेज ल्याउन जोड दिएका छन्। विश्व स्वास्थ्य संगठनले नै कोरोनालाई महामारीका रूपमा घोषणा गर्दै नेपाललाई संक्रमणको उच्च जोखिम राखेपछि सरकारले हवाई र स्थलमार्गमा हुने आवागमनमा रोक लगाएको छ। सरकारले यही मार्च १०, १३ र १५ तारिकदेखि लागू हुने गरी पर्यटकलाई दिँदै आएको अनअराइभल भिसामा रोक लगाएको छ। यस्तै, भारत र चीनसँग जोडिएका सिमा नाकाबाट पनि आवागमनमा रोक लगाइएको छ। सगरमाथालगायत अन्य हिमाल आरोहणको स्वीकृति पनि रोकिएको छ। यसै कारण होटल, हवाई, पर्वतारोहण, ट्राभल एन्ड टुर, ट्रेकिङलगायत व्यवसायमा मन्दी देखिएको छ। कोरोनाको असर पर्यटन क्षेत्रमा अल्पकालीनभन्दा पनि दीर्घकालीन रूपमा जान सक्ने चिन्ता व्यवसायीको छ। व्यवसायीले सहुलियतपूर्ण कर्जा, कर्जाको पुनरतालिकीकरण, श्रमिक राहत कार्यक्रमा सरकारको सहयोग, कर छुटलगायत सरकारसँग माग गरेका हुन्।

कोरोनाको प्रभावका कारण होटलको अकुपेन्सी दर १० प्रतिशतमा झरेको बताइएको छ। सन् २०२० मा भ्रमण वर्षको घोषणा गरेको भए पनि जनवरीबाट नै कोरोना चीनलगायत देशमा महामारीका रूपमा फैलिएपछि त्यसको प्रत्यक्ष असार होटलले व्यहोरिरहेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन्। ‘जनवरीदेखि होटलको मासिक घाटा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी छ। अकुपेन्सी दर १० प्रतिशतभन्दा तल झरेको छ। होटल चल्न कम्तीमा ४० प्रतिशत अकुपेन्सी हुनपर्छ’, उनले भनिन्। होटलसंघमा आबद्ध सदस्यको बैंकको ऋण १ अर्ब रुपैयाँभन्दा बढी रहेको उनले बताइन्।

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पर्यटक आवागमनमा कमी आएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए। आन्तरिक हवाईतर्फ ११ अर्ब रुपैयाँभन्दा बढी क्षति भइसकेको उनको भनाइ छ। क्याप्टेन थापाका अनुसार ट्रंक लाइनको उडानमा १५ देखि २० प्रतिशत मात्रै कटौती भए पनि हेलिकप्टर उडानमा ९० प्रतिशतसम्म कटौती भएको छ। उडानमा कटौतीसँगै यस व्यवसायले ४ अर्ब घाटा व्यहोरिरहेको छ। कुल व्यापारको ६५ प्रतिशतभन्दा बढीले आन्तरिक हवाई व्यापार घाटामा गइरहेको छ। पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै हवाई इन्धनको मूल्य घटाउन संघले सरकारसँग माग गरेको छ।

सगरमाथालगायत सबै पर्वतारोहण अनुमति रोक लगाएपछि यसले एउटा सिजनमा उठाउने १२ देखि १५ करोड रुपैयाँ राजस्वमा घट्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए। यो समय सरकारले हिमालय सरसफाइमा अभियानका रूपमा सञ्चालन गर्न सक्ने उनको सुझाव छ। टे«किङ एजेन्सी एसोसिएसन नेपाल (टान) ले ८० देखि ८२ प्रतिशतले व्यवसाय घटेको जानकारी दिएको छ। पर्यटक नै नभित्रिएपछि टे«किङ व्यवसाय स्वतः प्रभावित बन्ने हुँदा राहत प्याकेज ल्याउन जरुरी रहेको अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) ले अन्तर्राष्ट्रिय हवाई टिकटबाट अर्बौंको कारोबार हुने भएकाले घाटाको आँकलन गर्न नसकिने बताएको छ।

अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनी आईटाका अध्यक्ष टंकनिधि दाहालले हरेक दिन ६५ उडान भर्दै आएको अन्तर्राष्ट्रिय उडान कटौती भएर २५ उडानमा सीमित भएको बताए। नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन खनालले ६० प्रतिशतले अन्तर्राष्ट्रिय उडान कटौती भएको भन्दै ६५ प्रतिशत यात्रुमा कमी आएको जानकारी दिए। यसले अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स बढी घाटामा गएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो विश्वव्यापी समस्या भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा जोड दिए।

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.