कोरोना आशंका गरिएका ९ बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना आशंका गरिएका ९ बिरामीको रिपोर्ट नेगेटिभ

लहान : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ। केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका-१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो। 

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ-आफ्नो घर फर्किएको प्रमुख यादवले बताए। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.