क्वारेन्टाइनमा बलिउड कलाकार

क्वारेन्टाइनमा बलिउड कलाकार

मुम्बई : छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । यस्तोमा बलिउडका कलाकारले कोरोनाबाट बच्न आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि आलिया भट्टसम्म थुप्रै कलाकार समावेश छन् ।

अमिताभ बच्चनले ट्विटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । उनले सोसल मिडियामा बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्प पोस्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइनमा बस्नेहरूको हातमा स्ट्याम्प लगाइरहेको छ । ब्रह्मास्त्रको सुटिङ गरिरहेका अमिताभ सुटिङ स्थगित भएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

उता बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्न घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छन् ।

अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । इन्स्टाग्राममार्फत आफू क्वारेन्टाइनमा बसेको उनले जनाएका छन् । दिलीप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । बढ्दो उमेर तथा लामो समयदेखि बिरामीका कारण उनले विशेष सजगता अपनाइरहेका छन् ।

त्यस्तै, नायिका सोनम कपुर कोरोना त्रासबीच लन्डनबाट भारत फिर्ता भएकी छिन् । कोरोना भाइरसका कारण उनी पनि श्रीमान्सहित सेल्फ क्वारेन्टाइनमा बस्ने बताएकी छन् ।यसैबीच इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स एसोसियसन (आईएमपीपीए) ले १९ मार्चदेखि ३१ मार्चसम्म सम्पूर्ण फिल्मका सुटिङ बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढिरहेको समयमा फिल्म, टेलिभिजन र वेभसिरिजको सुटिङ गर्नु उचित नभएको भन्दै बन्द गर्न लागिएको आईएमपीपीएका एक सदस्यले जानकारी दिएका छन् । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.