इन्दिरा भाइरस ग्रस्त

इन्दिरा भाइरस ग्रस्त

हलिउड : ‘गेम अफ थ्रोन्स्’ सोको २०१४–१७ सम्म हिस्सा बनेकी अभिनेत्री इन्दिरा बर्मामा कोरोना पोजेटिभ देखिएको छ। उनले इन्स्टाग्राममा बिरामी भएको जानकारी दएकी हुन्। यसअघि पहिलो सोमा टोरमन्डको भूमिका निर्वाह गरेका क्रिस्टोफर हिब्जु पनि कोरोना भाइरसको सिकार भएका थिए। अहिले इन्दिरा ‘दी सिगल’को स्टेज प्रोडक्सनमा अभिनेत्री एमिलिया क्लार्कसँग काम गरिरहेकी छन्।

इन्दिरा हलिउड फिल्म ‘एक्सोडस : गड्स एन्ड किंग्स’, ‘कामसूत्र : ए टेल अफ लभ’मा देखिएकी थिइन्। यसका साथै उनले ऐश्वर्या राय बच्चन र अनुपम खेरसँग ‘ब्राइड एन्ड प्रेजुडाइस’मा काम गरेकी छन्। फिल्मको निर्देशन गुरिन्दर चयले गरेका थिए।

अहिले उनको प्लेको कोरोना भाइरसका कारण रद्द गरिएको छ। इन्दिराले अफ्नो पोस्टमा लेखेकी छन्, ‘दुःखको कुरा हो कि कति सोसम्म कोविड १९ को खराब असर परेको छ। हामी छिट्टै फर्कने अपेक्षा गरिरहेका छौं। म यसबाट ग्रस्त भएर बेडमा छु। स्वस्थ रहनुहोस् र सुरक्षित रहनुहोस्।’

यसअघि लिजेन्ड अभिनेता टम हैक्स, रिटा विल्सन, इदरिस एल्बा, क्रिस्टोफर हिब्जु, जेम्स बन्ड एक्ट्रेस ओल्गा कुरिलेन्को, ‘फ्रोजन–२’की रसेल मैथ्युजमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.