युवा नेतृत्वमा अशोक

युवा नेतृत्वमा अशोक

काठमाडौं : ‘केही वर्षअघि म कुनै पार्टीप्रति आस्था राख्थेँ । पार्टीले ढुंगा हान् भनेपछि ढुंगा हान्न तयार हुन्थेँ । जे भन्यो त्यही गर्थें । मेरो दिमागको कहिल्यै बत्ती बलेन । जेसिसमा गएपछि मात्र मैले जीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ ।’ सन् २०११ देखि जेसिसमा प्रवेश गरेका नेपाल जेसिस (जेसीआई नेपाल) का राष्ट्रिय अध्यक्ष अशोक शंकरले आफ्नो छोटो कथा सुनाए ।

हाल नेपाल जेसिसको एक सय ५५ वटा शाखा छ । यसको आफ्नै बटम लाइन छ, ‘१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूलाई सहभागी सहभागी गराई उनीहरूको नेतृत्व र क्षमताको अभिवृद्धि गरी उद्यमशील बनाउनु ।’

दिनप्रतिदिन पश्चिमी संस्कृतिले हामीलाई प्रभाव पारिरहेको अवस्थामा त्यसलाई कम गर्दै परिवारको अवधारणालाई विशेष जोड दिएर अगाडि बढ्ने योजना रहेको बताउँछन्, अशोक । अन्ततः जेसिसको अन्तिम उद्देश्य विश्व शान्ति नै रहेको बताउँछन् ।

जेसिसले विश्वमा देखिएका समकालीन समस्याहरूमा विशेष चासो देखाउने गरको छ । उदाहरणका लागि अहिले विश्वभरि फैलिरहेको कोरोना (कोभिड १९) भाइरसबाट त्रसितहरूलाई मास्क वितरण गर्नेदेखि जनचेतना जगाउने काम तीव्र रूपमा गरिरहेको बताउँछन् । ‘भैपरी आउने कुराहरूमा जेसिस सक्रियताका साथ लाग्ने गर्छ,’ अशोक भन्छन्, ‘विशेषगरी समाजमा देखिने खराब सबाल तथा समस्याहरू समाधानका लागि दीर्घकालीन योजना बनाएर निराकरणका लागि काम गर्ने गरेको छ ।’ यसका लागि ‘जेसीआई एक्टिभ सिटिजन फ्रेमवर्क’ नामक छुट्टै योजना बनाएका छन् ।

जेसिसमा आउने हरेक युवाहरूले उद्यमशीलतामा जानुपर्ने, जिम्मेवार हुनुपर्ने, सकारात्मक हुने, अनुशासनको पालना गर्नुपर्ने आदि अनिवार्य सर्त हुन् । बिदेसिएका युवाहरूलाई रोक्न जेसिसले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘हामीले युवाहरूका लागि इन्टरप्यानरसिपको रूपमा कसरी व्यवसायीकरण गर्ने, उद्यमशीलताको बाटोमा कसरी लैजाने भन्ने विषयमा बेलाबेला तालिम दिने गरेका छौं,’ उनी भन्छन् ।

अशोकका अनुसार नेपाल जेसिसको स्थापनाको ५५ वर्षे इतिहासमा करिब १० लाख युवालाई स्वरोजगारका साथै असल नागरिक बनाइसकेको छ । देशको राजनीतिक अस्थिरताका कारण हरेक कुराको माग सडकबाट गर्ने कुसंस्कार लोकतन्त्रको अनुशासन नभएको उनी बताउँछन् । भन्छन् ‘जेसिसको छाप एक पटक लगाइसकेपछि कुनै पनि युवाले अनुशासित भई, संस्कारी बन्दै राष्ट्रप्रति बफादार र नेपालीपन हुनैपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.