सशस्त्रका जवानले गरे ब्यारेकभित्रै आत्महत्या

सशस्त्रका जवानले गरे ब्यारेकभित्रै आत्महत्या

सिमरा : बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । भण्डारी राती १० बजेसम्म राजमार्गको डिउटीमा खटिएका थिए । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झुण्डिएको हुन सक्ने गुल्मपति हरि श्रेष्ठले बताए ।

भण्डारीले सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए। भण्डारीको परिवारले बैशाखमा उनको विवाह गर्ने तयारी समेत थालेको थियो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पुरीले भण्डारीको शव परीक्षणका लागि वीरगन्ज पठाएको छ। परीक्षणपछि भण्डारीको शव परिवारको जिम्मा लगाइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.