उपचारबाट भाग्दै स्वास्थ्यकर्मी

उपचारबाट भाग्दै स्वास्थ्यकर्मी

बुटवल : नवलपरासी रामग्रामका ३५ वर्षीय युवकलाई तीन दिनदेखि खोकी, टाउको दुख्ने र ज्वरो आयो। उनी नजिकैको मेडिकलमा पुगे। मेडिकल सञ्चालकले पृथ्वीचन्द्र अस्पतालमा पठाए। अस्पतालले लुम्बिनी प्रादेशिक बुटवल रिफर गर्‍यो। प्रादेशिक अस्पतालले आइसोलेन बेड अभाव भन्दै पुरानो मेडिकल कलेज चितवन पठायो। चितवनले काठमाडौं पठाएपछि विरामी अत्तालिए। टेकु अस्पतालसम्म पुगे पनि उनको उपचार गर्ने कोही भएन।

प्रदेश ५ मुख्यमन्त्री कार्यालयले निर्देशन दिएपछि उनको उपचार बुटवलको प्रादेशिक अस्पतालमा सुरु गरिएको छ। प्रदेश ५ मा यो पहिलो घटना होइन। यहाँका प्रायः निजी अस्पतालले ज्वरोका बिरामीलाई ‘प्रवेश निषेध’ नै गरेका छन्। सरकारी अस्पतालका स्वास्थ्यकर्मी समेत सकेसम्म उपचार गर्नबाट पञ्छिने गरेका बिरामीका आफन्तले बताएका छन्।

भारतबाट फर्किएका एक ज्वरोका बिरामी उपचारका लागि दाङको गोरखा अस्पतालमा पुगे। अस्पतालले उपचार गर्न आनाकानी गर्‍यो। बरु बिरामी नै आतंकित हुने गरी ‘तपाईंलाई कोरोना आशंका छ’ भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो। प्रतिष्ठानले बिरामीलाई आइसोलेनमा राखेको छ। तर कोरोना हो कि होइन भन्न स्वाब परीक्षण गर्ने उपाय थालिएको छैन।

बुटवलका कृष्ण न्यौपानेले तीन दिनअघि त्यस्तै समस्या भोग्नुपर्‍यो। बुटवलको एक निजी मेडिकलमा परीक्षण गर्दा निमोनिया देखियो। उनी लुम्बिनी प्रादेशिक अस्पताल गए। अस्पतालले आईसीयू नभएको भन्दै गौतमबुद्ध मुटु अस्पतालमा पठायो। मुटु अस्पतालले अन्य बिरामी जोखिममा पर्ने भन्दै राख्न मानेनन्। उनीहरु भैरहवाको युनिभर्सल मेडिकल कलेज पुगे। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

बुटवलको अस्पताल लाइनमा लहरै निजी अस्पताल छन्। तर ती अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीलाई उपचार नगरी अन्यत्रै पठाउने गरेका छन्। बिरामीकी आफन्त सरस्वती भट्टराईले परीक्षण नै नगरी ‘अन्तै जानुस्’ भनेर पठाइएको बताइन्। उनले आमालाई ज्वरो आएपछि अस्पताल पुर्‍याएकी थिइन्।

कोराना नै संक्रमण नदेखिएको अवस्थामा नै अस्पताल र स्वास्थ्यकर्मी उपचारबाट भाग्ने प्रवृत्तिले नागरिक झन् त्रसित छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मी उपचारबाट टाढा हुन नहुने बताए। उनले शुक्रबार पत्रकारसँग भने, ‘हामीले डाक्टरलाई पनि के सिकाउनुपर्ला भन्ने सोचेका थियौं। अब काउन्सिलिङ आवश्यक देखियो।’ उनले संक्रमणबाट जोगिन सबै पक्षले सहयोग र सजगता अपनाउनुपर्ने बताए।

असुरक्षित भएर कसरी उपचार गर्ने ?

स्वास्थ्यकर्मी भने आफैं असुरक्षित रहेर उपचार गर्न कठिन हुने बताउँछन्। निजी अस्पताल सञ्चालक संघ प्रदेश ५ का अध्यक्ष रामप्रसाद खरेलको भनाइ पनि त्यही छ। ‘स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउने कुनै सामान छैनन्, खरिद गर्दासमेत पाएका छैनौं’, उनले भने, ‘हामी उपचारबाट भाग्ने पक्षमा छैनौं।’

निजी अस्पतालमा आइसोलेसन कक्षसमेत तयार पारिएका छन्। बिरामी भने अहिलेसम्म राखिएको छैन। सरकारी अस्पतालमा समेत सोही समस्या रहेको चिकित्सकको भनाइ छ। प्रदेश ५ मा लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै चिकित्सकले लगाउने ‘गाउन’ को व्यवस्थापन गरिएको छ।

शंकास्पद बिरामीको नमुना परीक्षणका लागि लुम्बिनी र भेरी प्रादेशिक अस्पतालमा मात्रै उपकरण र जनशक्ति छन्। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बजारमा नपाएका कारण व्यवस्थापन गर्न नसकिएको बताए।

सामाजिक विकास मन्त्रालयले सामान्य ज्वरो आउदैमा कोरोना नहुने भन्दै चेकजाचमा नडराउन चिकित्सकलाई आग्रह समेत गरेको छ।

‘ज्वरो आउँदैमा अस्पताल नजाऊ’

प्रदेश ५ सरकारले सामान्य ज्वरो आउँदैमा अस्पतालमै नधाउन नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भइरसबाट बच्न आफैं सतर्क हुनुको विकल्प नरहेको बताए। ‘सरकारका निर्देशन पालना गर्छुस्। घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्नुस्’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.