भारतबाट आएका २१ जना क्वारेन्टाइनमा

भारतबाट आएका २१ जना क्वारेन्टाइनमा

उदयपुर : छिमेकी मुलुक भारतबाट घरतर्फ आउँदै गरेका २१ जनालाई उदयपुरको वेलसोतमस्थित क्वारेन्टाइनमा राखिएको छ । भारतको सिलिगुडीबाट काँकडभिट्टा हुँदै उदयपुरको ताप्लि गाउँपालिका हिंडेका २१ जनालाई कटारी नगरपालिका १ बेलसोत स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी मातहतको रणशार्दुल गणको सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको हो । 

कटारी बजार प्रवेश गरेका उनीहरुलाई कटारी अस्पताल परिसरमा कटारी नगरपालिकाले स्थापना गरेको हेल्थडेक्समा स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा एकजनालाई ज्वरो देखापरे पछि सबैलाई क्वारेन्टाइनमा राखिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । 

मेयर श्रेष्ठले भारतको सिलिगुडीबाट १५ जना र अन्य विहार, दिल्लीबाट आएका गरी २१ जनाको चेकजाँच गरिएको बताए । उनले भने, 'एकजनामा ज्वरो देखा पर्यो त्यसैले हामीलाई शंका लागेकाले बीरामीलाई आइसोलेसन र अन्यलाई क्वारेन्टाइनमा राखेका हौं ।'

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीका अनुसार बाटोमा आउने क्रममा सोधीखोजी गर्दा भारतको विभिन्न ठाउँबाट आएको जनाएपछि स्वास्थ्य परीक्षण गराइएको हो ।

यसैबीच भारतबाट नेपालको काकरभिट्टाहुँदै अन्य ६ जना बुधबार साँझ उदयपुर आइपुगेका छन् । उदयपुरको विभिन्न ठाउँ घर बताउने उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।
 
उनले ६ जना नै संक्रमित देशबाट आएकाले केहि दिनका लागि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए । प्रमुख सुवेदीले रोग भित्रिन नदिन र समयमा उपचारको व्यवस्था गर्न विदेशबाट आएका जिल्लाबासीको खोजी कार्य जारी राखिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.