बीपी प्रतिष्ठानमा कोरोना टेस्ट गर्न समय लाग्ने
धरान : सरकारले धरानस्थित बपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कोरोना (कोभिड १९) भाइरसको परीक्षण गर्न समय लाग्न भएको छ।
पर्याप्त उपकरण अभावका कारण धरानमै परीक्षण गर्ने बताइएको भए पनि समय लाग्ने भएको हो। प्रदेश १ कै ठूलो स्वास्थ्य संस्था प्रष्तिठानमा कोरोनाको रीक्षणका लागि समय भएपछि अझै टेकु अस्पतालको भर पर्नुपर्ने बाध्यता भएको छ।
बीपी प्रतिष्ठान धरानका सहायक निर्देशक डाक्टर विकास साहले कोरोना परीक्षणमा अझै केहिदिन समय लाग्ने बताए। प्रतिष्ठानमाउपचारका लागि भर्ना भएका १६ जनाको स्याब परीक्षण गर्न टेकु पठाइएको तर रिपोर्ट नआइसकेको डाक्टर साहले बताए।
कोरोणा सक्रमित भएको आशंकामा भर्ना भएका सातजनालाई आइसोलेसनमा राखिएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले जानकारी दिए।
वैदेशिक रोजगारीबाट घर फर्किएकाको पहिचान गरेरअस्पताल भर्ना गर्न नगर प्रहरी परिचालन गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए।
लकडाउनको समयमा घर बाहिर निस्किएका एकसय ६९ जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कर्यालय धरानका प्रमुख डीएसपी ढुन्डिराज न्यौपानेले जानकारी दिए।