माछालाई थापेको एम्बुसमा परेर युवकको मृत्यु

माछालाई थापेको एम्बुसमा परेर युवकको मृत्यु

उदयपुर : माछा मार्ने क्रममा आफैंले थापेको विद्युतीय एम्बुस (करेन्ट) लागेर उदयपुरका एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो त्रियुगा नदीको दहमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा त्रियुगा नगरपालिका २ खैजनपुरका २४ वर्षीय ज्योतिकुमार राईको मृत्यु भएको हो । 

    
करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीयले उद्दार गरी उपचारका लागि गाईघाटस्थित सिभिल अस्पताल ल्याएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । 
    
एक श्रीमती र दुई नाबालक सन्तान रहेका मृतक केही महिनाअघि मात्र वैदेशिक रोजगारबाट घर फर्केका थिए । मृतकको शव पोष्टर्माटम गरी आफन्तको जिम्मा लगाइएको एसपी मगरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.