कोरोना जोखिममा सुरक्षाकर्मीको हैरानी

कोरोना जोखिममा सुरक्षाकर्मीको हैरानी

जनकपुरधाम  ः  ‘तपाईहरु घरमा बस्नुभयो भने हामी सडकमा हुनेहरु सुरक्षित रहन्छौं,’ धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले लकडाउनका बेला सडकमा ओहोरदोहोर गर्नेहरुलाई सम्झाउँदै भने। ‘यो लकडाउन प्रहरीका लागि नभई तपाई हामी सबैको सुरक्षाको लागि हो।’

कोभिड-१९ को जोखिम व्यवस्थापन गर्न सरकारले देशैभरि लकडाउन गरिएको छ। तर, घरमा नबसी लापरवाही तरिकाले सडकमा हिड्ने सर्वसाधारणको बानीले प्रहरीलाई हैरान बनाएको छ। 

भारतसँग सीमा जोडिएका प्रदेश २ का आठ जिल्लामा कोरोना संक्रमणको जोखिमबढि छ। यस्तोमा सर्वसाधारणबीच सामाजिक दुरी कायम गराउन प्रहरीलाई हम्मेहम्मे परेको छ। 

‘मानिसहरु विभिन्न बहाना बनाएर बाहिर निस्कनछन्,’ प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता जयराज सापकोटाले भने, ‘कोही खेल्ने निहुँमा त कोही सरसामान किन्ने बहानामा सडकमा आउन खोज्छन् यसले कोरोनाको जोखिम अझ बढाउँछ।’ सम्झाई बुझाई गर्दा नमानेपछि कुनैबेला सामान्य बल प्रयोग गर्नुपर्ने बाध्यता रहेको सपकोटाले बताए। 

प्रदेश भरी लकडाउन सफल बनाउन सुरक्षा व्यवस्थापनका लागि ६ हजार भन्दा बढि नेपाल प्रहरी खटिएको प्रवक्ता सापकोटाले जानकारी दिए। ‘हाम्रो लागि निकै जोखिम छ, उनले थपे, ‘जो कोहीको सम्पर्कमा हामी आउनु पर्नेहुन्छ यस्तोमा हाम्रो सुरक्षाका लागि भएपनि जनताहरु घरमै बसुन भन्ने आग्रह छ।’ 

सडकमा खटिएका प्रहरीहरुलाई अनुशिक्षण दिएर आफ्नो सुरक्षा कसरी गर्ने बारे सिकाइएको उनले बताए। ‘आफैंले बनाएको मास्क वितरण गरेर हातमा पञ्जा लगाई सुरक्षित रन निर्देशन दिइएको छ, ‘उनले भने। प्रहरी प्रधान कार्यालयबाट हाल २५ वटा टेन्ट उपलब्ध गराइएको र ती टेन्टको प्रयोग गरी प्रत्येक जिल्लामा प्रहरीका लागि आइसोलेसन वार्ड बनाइएको छ। 
‘मास्क र सेनिटाइजरको भरमा हामी फ्रन्टलाइनमा खटिएका छौं,’ प्रदेश २ सशस्त्र प्रहरी कार्यालयका प्रमुख डिआइजी राजु अर्यालले भने, ‘हाम्रो जिम्मेवारी सुरक्षा प्रदान गर्नु हो तर, सीमा नाकामा खटिएका प्रहरीहरु फ्रन्टलाइनमा भएकै कारण बढी जोखिममा छन्।’

अहिले प्रदेशभरि ३५ सयको संख्यामा सशस्त्र प्रहरी लकडाउन व्यवस्थापन गर्न लागिपरेको अर्यालले जानकारी दिए। 

‘हामीसँग म्यानपावरको अभाव छैन् तर, साधनस्रोतको अभाव छ भन्ने कुरा जनताले बुझ्नु पर्यो,’ डिआईजी अर्यालले भने, ‘घर बाहिर नहिड्न भन्यो भने प्रहरीको लागि भन्या होइन कि आफ्नै लागि भन्या हो भनेर जनताले बुझिदिनु पर्यो।’ 

‘हामी सबैको सहयोगमा सक्ने जति जोखिम व्यवस्थापनमा लागेका छौं,’ नेपाली सेनाका पृतनापती सुरेश कुमार कार्कीले भने, ‘जनताले पहिलो चरणमै कुरा बुझ्दैनन् तर, हामी निरन्तर बुझाउने प्रयास गरिराखेका छौं।’

नेपाली सेनाले तीन चरणमा कोरोना महामारीविरुद्ध लड्ने तयारी गरेको उनले बताए।  पहिलो चरणमा सेफ क्वारेन्टाइनको व्यवस्थापन त्यसपछि कोरोनाको उपचार र तेस्रो ट्रान्जिशनल ट्रिटमेन्टको उपाय अपनाइने तयारी रहेको कार्कीले जानकारी गराए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.