पोखरीमा डुबेर दाजु-भाइको मृत्यु

पोखरीमा डुबेर दाजु-भाइको मृत्यु

कपिलवस्तु : घर नजिकैको पोखरीमा डुबेर कपिलवस्तु नगरपालिका ८ पूर्व वेलहवामा एकै घरका २ नाबालक मृत्यु भएको छ । स्थानीय तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाइ १० वर्षीय अरमान धुनियाको मृत्यु भएको प्रहरीले जनाको छ । 

विद्यालय किनारमा खेल्न गएका २ भाइ विद्यालय नजिकैको पोखरीको छेउमा खेल्दै गर्दा भाइ अरमान पोखरीमा डुबेको र उनलाई बचाउन खोज्दा दाइ सलमान पनि डुबेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पोखरी किनारमा ब्याक हु लोडरले गहिरो गरी खनेको र सोही गहिरो स्थानमा दुवै भाइको डुबेर मृत्यु भएको स्थानीय युवा शारुल्लाह मुलसमानले बताए । मृतक दुई भाइको शव पोखरी किनारमा भासिएको अवस्थामा थियो । गाउँले सबै आएर पोखरी चारैतर्फ जमिन मुनी खोजेर मात्रै भासिएको अवस्थामा दुवै भाइको शव निकालेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । गाउँ समाजमा कोरोना भाइरसको त्रासमा रहेका बेला आफ्नो परिवारमाथि ठूलो विपत्ति आइलागेको मृतकका परिवारजनले बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.