३०७ पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको जहाज

३०७ पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको जहाज

काठमाडौं : कतार एयरलाइन्सको जहाजले शुक्रबार ३०७ जना जर्मनी नागरिक लिएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान १० बजे अवतरण गरेको उक्त विमानले ३ बालबालिकासहित ३०७ जर्मन नागरिक लिएर  फिर्ता गएको विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले जानकारी दिए । जर्मन सरकारले चार्टर्ड गरी ल्याएको कतार एयरवेजको ३४६५ विमान बिहान पौने १२ बजे काठमाडौंबाट उडेको हो ।

नेपालमा अलपत्र परेका आफ्ना नागरिकको उद्दारका लागि जर्मन दूतावासले उडानका लागि नेपाल सरकारसँग विशेष अनुमति लिइ उडान भरेको हो।३०७ जनामा ४-५ जनाको भिसा अवधि सकिएकोमा विमानस्थलबाट नै भीसा थपि पठाइको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारी बताए ।

कोभेड- १९ को प्रभावलाई रोकथाम गर्नका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेका कारण विदेशी पर्यटक यहाँ नै रोकिए छन्। आफ्ना नागरिकका सम्बन्धमा सम्बन्धित दूतावासले स्वदेश फिर्ता लैजान सुरु गरेका हुन् । शनिबार पनि कतार एयरवेजको विमान नेपाल आएर विदेशी पर्यटक लैजाने तयारी रहेको विमानस्थलले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.