२० शैय्याको क्‍वारेन्टाइन, अलपत्र ११० जना डोल्पा पठाइँदै

२० शैय्याको  क्‍वारेन्टाइन, अलपत्र ११० जना डोल्पा पठाइँदै

डोल्पा : लकडाउनको चौथो दिनमा २० शैयाको क्वारेन्टाइन ४ शैयाको आइसोलेसन कक्ष निर्माण भएको छ । सरकारी कार्यालय र नेपाली सेनाबाट खाट ल्याइएको र पाँच ठुलीभेरी नगरपालिका, पाँच उद्योग बाणिज्य संघ, एक कृषि कार्यालय र अन्य नेपाली सेनामार्फत बेडसिट र बेडिङको व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले जानकारी दिइन्। 

शर्माका अनुसार साबुन, चप्पल,बाल्टीन ग्लोबजस्ता कुराहरु हाल उदारोमा व्यवस्थापन गरेको बताइन्। सरकारको रकम नभएर सबै तिरबाट सहयोग मागेर क्वारेन्टाइन निर्माण गरिएको शर्माले जानकारी दिइन्। 

जिल्ला अस्पतालमा बिरामी राख्न मिल्ने आइसोलेसन बेड तयार गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । रावलका अनुसार मापदण्ड त सबै पूरा भएका छैनन तर आपतकालिन आइसोलेशन तयार भएको छ उपकरण अभावका कारण पनि आइसोलेसन बेडहरु मापदण्ड अनुसार नभएको स्वीकार गरे । 

त्यसैगरी दुनैमा रहेको नन्दबक्स क गुल्मा र इश्वरी बक्स गुल्म शुलिगार्डमा समेत क्वारेन्टाइन तयार गरिएको छ । नेपाली सेनाले सबै तयारी गरेको समेत दावी गरेको हो ।  २० शैयाको क्वारेन्टाइन तयार भएपनि हालसम्म एकजना पनि क्वारेन्टाइनमा राखिएको भने छैन । प्रदेश सरकारले जिल्लामा दिने ५० लाख रकमको भने हालसम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। 

काईके गाउँपालिकाको सहयोगमा किटनासक औषधि बजारका सार्वजानिक स्थलमा छर्किने प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् । 

प्रशासन र स्थानीय सरकारसँग सहकार्य नगरी ११० जना डोल्पा ल्याइँदै

सरकारले लकडाउन गरेपछि देशका विभिन्न सहरबाट डोल्पा आउने नागरिक अलपत्र परेको भन्दै मन्त्री र सांसदले जिल्ला प्रशासन र स्थानीय सरकारसँग सहकार्य नगरी ११० जना नागरिक नेपालगञ्जबाट डोल्पा पठाएका छन् । 

नागरिक अलपत्र परेकोले उद्धार गरेको कर्णाली प्रदेश सरकारका सदस्य डोल्पाका माननीय वीरबहादुर शाहीले दाबी गरे । उनले भने,'सहरमा गर्मी बढेको र झनै बिरामी हुने भएको कारण डोल्पा पठाएको हो।'
 
तर यता प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले भने आफूसँग कुनैपनि छलफल नभएको र जिल्लामा व्यवस्थापन गर्ने कुनैपनि तयारी नभएकाले आफूले अनुमति दिन नसक्ने र सम्पूर्ण जिम्मा जस्ले पठाएको उसैले लिने जिकिर गरेका छन् । 

एकै पटक बिना तयारी जिल्लामा नागरिक ल्याएको र क्वारेन्टाइन समेत तयार गर्न समय नभएको भन्दै शक्तिको द्रुपयोग गरेको ठुलीभेरी नगरपालिका ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले आक्रोश व्यक्त गरे । 

भण्डारीले भने,' नागरिक ल्याउन नहुने भन्ने हैन स्थानीय सरकारसँग सहकार्य गरेर ल्याउनुपर्ने हो। हामी ११० जनाको कारण ४० हजार नागरिक जोखिममा राख्न सक्दैनौं।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.