लकडाउनमा खुलेको आकाश
काठमाडौं : आज 'लक डाउन' को पाँचौ दिन। मुलुक कोरोनाको त्रासमा छ।लामो समय घरभित्रै बस्नु पर्दा सबैलाई अत्यास लागेको छ।तर, यो अत्यासलाई खुलेको आकाशले केही हदसम्म बिर्साउने प्रयास गरिरहेको छ।
शनिबार बिहानैदेखि आकाश सफा छ। काठमाडौंबाटै वरिपरिका हिमालहरु सहजै देखिएका छन्। लकडाउनले गाडी नचल्दा मौसम सफा भएको विज्ञहरुले बताएका छन् । मानवीय गतिविधि घरभित्रै हुन थालेपछि वातावरणमा सकारात्मक प्रभाव परेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसममा सुधार हुँदै जाने जनाएको छ। प्रि-मनसुनको समय भएकाले पहाडि भू-भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन हुने महाशाखाको अनुमान छ।






प्रतिक्रिया दिनुहोस !