धमाधम बन्दै क्वारेन्टाइन र आइसोलेसन, उपचारको तयारी शून्य

धमाधम बन्दै क्वारेन्टाइन र आइसोलेसन, उपचारको तयारी शून्य

भोजपुर : कोरोना भाइरसको सावधानी अपनाउँदै सरकारको 'लक डाउन' यतिबेला देशैभर जारी छ ।  संक्रमित बिरामीका लागि जिल्लाका विभिन्न स्थानमा धमाधम आइसोलेसन कक्ष र क्वारेन्टाइन थपिने र बन्ने क्रममा छन् । तर पर्याप्त उचित उपकरण र रोकथामको औषधि नहुँदा तयारी शून्य देखिएको छ । 

आइसोलेसन र क्वारेन्टाइन राखिएपनि स्वास्थ्य चिकित्सकलाई पीपीई, थर्मोलोगन, सर्जिकल मास्क र सेनिटाइजर नै अभाव हुन थालेको हो । शंकास्पद बिरामीलाई आइसोलेसन कक्षमा राखिने व्यवस्थापन गरिएपनि तत्काल रोकथामका लागि आवश्यक भेन्टिलेटर, पीपीई, कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) जस्ता उपकरण र औषधि अभावले झन समस्या थपिएको जिल्ला अस्पताल भोजपुरका डा. अमितेश राज पाण्डे बताउँछन् ।

'आईसोलेसन र क्वारेन्टाइन तयारी अवस्थामा छन्, तर उपचारका लागि उपकरण र औषधि छैन, डा. पाण्डेले भने, 'बिरामी आइहाले उपचार गर्ने न विधि छ न औषधि न कुनै उपकरण हामीलाई नै जोखिम बढी हुन्छ।'

यसअघि संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला अस्पतालमा १० शैया, प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा ६ शैया र हतुवागढी गाउँपालिकास्थित ४ शैया गरी २० शैयाको आइसोलेसन कक्ष बनाईएको छ । आइसोलेसनसँगै जोखिमको पूर्वतयारीका लागि जिल्लाका विभिन्न स्थानमा धमाधम क्वारेन्टाइन राखिएको छ ।

भोजपुर नगरपालिकाको टक्सारस्थित पर्यटन सूचना केन्द्रमा ४० शैया, सुम्निमा पोलिटेक्निक इन्स्टिच्युडमा ६० शैया, षडानन्द नगरपालिकास्थित गान्धी मेमोरियल हस्पिटलमा ३० शैया, साल्पासिलिछो गाउँपालिकाको जाल्पा माविमा ४ शैया, हतुवागढी गाउँपालिकाको भिमेश्वरी माविमा ५० शैया, पात्लेपानीमा १० शैया, जिल्ला प्रहरी कार्यालयमा ३ शैया, अरुण गाउँपालिकाको शारदा माविमा ३० शैया, जरायोटारमा १० शैया, चम्पेमा ३ शैया, याकुको विर्ता प्राविमा ३ शैया गरी जिल्लाभर २ सय ४३ शैयाको क्वारेन्टाइन व्यवस्था गरिएको छ । 

यसबाहेक टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र आमचोक गाउँपालिका भने कुनै तयारी कुनै तयारी छैन । संक्रमणको जोखिम कम र बाह्य आगन्तुकलाई प्रवेशमा निषेधाज्ञा राखिएकाले तयारी कम गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । भने, 'संक्रमणको जोखिम भए आवश्यक स्वास्थ्य व्यवस्था गरिनेछ।'

यसअघि षडानन्द नगरपालिका वडा नं १, नेपालेडाँडाका २ जनालाई रुघाखोकीले ग्रस्त बनाएपछि तत्काल दिङ्लास्थित कृषि भवनको क्वारेन्टाईनमा राखिएको थियो । दुवै कतार र भारतबाट केहि साताअघि मात्र घर आएका थिए । तर उनीहरुको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिइन् । जिल्लाका विभिन्न १० सार्वजनिक स्थान र सीमाक्षेत्रमा हेल्थ डेस्कसहित स्वास्थ्य सुरक्षा टोली परिचालन गरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.