काठमाडौं जिल्ला प्रशासनमा पास लिनेको भीड, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं जिल्ला प्रशासनमा पास लिनेको भीड, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं : सरकारले लकडाउनको अवधि आठ दिन थप गरेसँगै  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेको भीड लागेको छ। कोरोना भाइरसको महामारी फैलिन नदिन लकडाउन समय थप गरेपछि सोमबार प्रशासनमा सवारी पास लिनेको भीड लागेको हो।  

तर, प्रशासनमा पास लिनेको संख्या उल्लेख भएपछि प्रहरीमार्फत माइकिङ गर्दै जिल्ला प्रशासनबाट वितरण गरिने सवारी पास सम्बन्धित निकायहरुबाटै पास दिने व्यवस्था गरिएको जानकारी दिएको छ। प्रशासनले आकस्मिक प्रयोजनको लागि आवश्यक पर्ने सवारी पास मात्रै आफ्नो कार्यालयबाट वितरण गरिने जनाएको छ। माइकिङबाट सूचना जारी भएसँगै प्रहरीले जिल्ला प्रशासनमा आएका सर्वसाधारणलाई फर्काइदिएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संघसंस्थाका कर्मचारीका लागि पास आवश्यक परेको खण्डमा राष्ट्र बैंकबाट वितरण गरिने छ। राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वितरण हुनेछ। खाद्यबस्तु लगायतका अत्यावश्यक दैनिक उपभोग्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्ति गर्ने निकाय / संघ संस्थाको हकमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।

त्यसैगरी काठमाडौंमा बस्न नसक्ने र उपत्यकाबाहिर घर जानैपर्ने भएका ठूला कम्पनी, कन्ट्रक्सन वा इँटा भट्टामा काम गर्ने ठूलो संख्यामा रहेका मजदुरको हकमा भने डीएसपी रहने प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ। उक्त कार्यालयबाट उनीहरुलाई गन्तन्यसँग पुग्ने व्यवस्था हुने भएको छ । 

प्रेसको हकमा भने सवारी पास मिडिया काउन्सिलको कार्यालय बाट लिन सकिने जनाएको छ।

सरकारले यसअघि यही चैत ११ गते बिहान ६ बजेदेखि देशभर सात दिन लकडाउन गर्ने निर्णय गरिएको थियो। उक्त निर्णय चैत १८ गते बिहान ६ बजेसम्मका लागि थियो। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नयाँ निर्णय गरेसँगै लकडाउन चैत २५ गते मध्यरात १२ बजेसम्म रहने भएको छ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनलाई चैत २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको जानकारी दिए। सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा सँगै उपत्यकामा अहिले पास बाहेकका सवारी चलेका छैनन् ।

आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले अन्तर्राष्ट्रिय उडानसमेत २०७७ वैशाख ३ गतेसम्म नहुने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.