वादी परिवारलाई राहत वितरण

वादी परिवारलाई राहत वितरण

अछाम : मंगलसेन नगरपालिकाले नगरमा बसोबास गर्ने वादी समुदायलाई खाद्यान्न वितरण गरेको छ। नगरपालिका-५ मंगलसेनका ६ घरपरिवारका २९ जना वादी समुदायका लागि १० कट्टा चामल, दाल, नुन र तेलसहितका सामाग्री वितरण गरेको हो।

नगरपालिकाले घरबार र भुमिहिन वादी समुदायका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको जनाएको छ। कोभिड-१९ कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जिविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको नगरप्रमुख पदमबहादुर बोहराले बताए। लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि नगरपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै बोहराले नआत्तिन नगरबासीमा आग्रह गरे।

मंगलसेनमा बसोवास गर्ने टंकी वादीको ६ जना परिवार, बैरागी वादीको ६ जना परिवार, जोगी वादीको ६ जनाको परिवार, सुपारी वादीको ५ जनाको परिवारलाई २/२ कट्टा तथा रेवन्ती वादीको ३ जनाको परिवार र फुंगी वादीको ३ जनाको परिवारलाई १/१ कट्टाको दरले चामलसहित खाद्यान्नका सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरको सहयोगले आफुहरुलाई निकै राहत महसुस भएको फुगी वादीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.