स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा

स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा

भोजपुर : कोरोना संक्रमणको आशंका भएको भन्दै स्वास्थ्यकर्मीको टोली नै क्वारेन्टाइनमा बसेपछि दैनिक स्वास्थ्य सेवा प्रभावित बनेको छ । षडानन्द नगरपालिकाका वडाका स्वास्थ्य चौकीमा सेवारत १७ जना स्वास्थ्यकर्मी नै संक्रमणको जोखिम भएको भन्दै क्वारेन्टाइनमा रहेपछि सेवा प्रवाहमा असर पुगेको हो ।

वैदेशिक रोजगारको शिलशिलामा कतारबाट घर आएका षडानन्द नगरपालिका १, नेपालेडाँडाका एक युवकको स्वास्थ्य परीक्षण गरेपछि संक्रमणको जोखिम भएको भन्दै उनीहरू नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य चौकीमा सिटामोलसम्म दिने मान्छे छैन । करिब एक साताअघिबाट उक्त हस्पिटलमा नगरपालिकाका वडा नं  १, २, १०, ११, र १२ का स्वास्थ्य चौकीका १७ जना क्वारेन्टाइनमा छन् । जसमध्ये ११ जना गान्धी मेमोरियल हस्पिटल र बाँकी ६ जना हेल्थ डेस्क राखिएको क्वारेन्टाइनमा छन् । 

दुईसाताअघि ५ जना स्वास्थ्यकर्मीको आरआरटी टोलीले करिब कतारबाट आएका ती युवाको घरमै पुगेर स्वास्थ्य चेकजाँच गरेका थिए । चेकजाँचपछि अन्य १२ जना स्वास्थ्यकर्मीसँग एकआपसमा संगै खाएको, बसेको, हिँडेकोले जोखिम हुन सक्ने भन्दै स्वास्थ्य चौकी नै रित्ताएर क्वारेन्टाइनमा बसेका हुन् । सर्वसाधरणको स्वास्थ्य सेवालाई वेवास्ता गर्दै कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नुले सेवाग्राही मारमा परेको नेपालेडाँडाका स्थानीय सन्तोष राईले बताए । उनले भने, ‘स्वास्थ्य चौकी नै रित्ताएपछि हामीले कहाँबाट सेवा लिने, यस्तो लापारबाही गरेर उनीहरू आनन्दले क्वारेन्टाइनमा छन्।’ कतारबाट आएका ती युवालाई पनि नगरपालिकाको कृषि भवनमा बनाइएको क्वारेन्टाइनमा राखेको छ । उनको १४ दिन पुगेपछि क्वारेन्टाइनबाट सबै स्वास्थ्यकर्मी पुनः काममा फर्किने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए । 

औषधि, चेकजाँच, उपचारका लागि स्वास्थ्य चौकी धाउने सर्वसाधरण रित्तै हात फर्किनु परेको सुनाउँछन् । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै नभेटेपछि बजारका मेडिकलबाट मंहगो औषधि लिन बाध्य भएको दिङ्लाका स्थानीय दावा शेर्पाले गुनासो गरे । विपतको अवस्थामा स्वास्थ्यकर्मी कोरोनाको आशंकामा चुपचाप क्वारेन्टाइनमा बस्दा सेवाबाट बञ्चित हुनुपरेको उनले बताए ।  

नगरपालिकाकी उपमेयर मेरिका राईले स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेपछि क्वारेन्टाइनमा बसेको बताइन् । कतारबाट आएका ती युवासँगै भारतको मुम्बइबाट आएका सोही नेपालेडाँडाकै अर्का युवालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उपमेयर राईले भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.