आन्तरिक र बाह्य उडान बन्द, पार्किङ शुल्क मिनाहा गर्ने तयारी

आन्तरिक र बाह्य उडान बन्द, पार्किङ शुल्क मिनाहा गर्ने तयारी

काठमाडौ : वैशाख ३ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको छ। यसअघि नेपाल सरकार कोरोना रोकथाम उच्चस्तरीय समितिको निर्णय कार्यान्वयन गराउन प्राधिकरणले सम्बन्धितलाई सूचित गरेको छ। समितिले वैशाख ३ गतेसम्म बाह्य उडान बन्द गर्नु भनेको भए पनि प्राधिकरणले सोही अवधिसम्मका लागि आन्तरिक उडान पनि बन्द गराउने निर्णय गरेको छ।

मुलुक कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि १८ गतेसम्मलाई बन्द गरिएको उडानलाई लम्ब्याउँदै वैशाख ३ सम्म पु¥याइएको हो। सरकारको अर्को सूचना नआएसम्म यो अवधिमा सबै उडान बन्द रहनेछन्। २०७७ वैशाख ३ सम्म कुनै पनि व्यावसायिक उडान नभए पनि उद्धार, फ्रेटर (कार्गो), बिरामी उपचारका लागि एयर एम्बुलेन्सलगायत उडानमा भने बाधा हुनेछैन।

सरकारको यो निर्णयलाई नेपाल वायुसेवा सञ्चालक संघले स्वागत गर्दै पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आन्तरिक उडानमा अहिले रेस्क्यु उडान भने हुँदै आएका छन्। आकस्मिक सेवाबाहेक अहिले सबै आन्तरिक वायुसेवा ठप्प भएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। अहिलेको समयमा व्यापारभन्दा पनि स्वास्थ्य महत्वपूर्ण भएकोले यसमा संघको साथ रहने उनको भनाइ छ। कोभिड–१९को संक्रमणबाट विश्वको अर्थव्यवस्था नै शिथिल भइसकेकाले सन् २०२० को अवधिमा संक्रमण रोकिए पनि पर्यटन बजार व्युँतिने देखिँदैन। ‘नेपाल आउने प्रायःजसो पर्यटक ६ महिना कमाउने र घुम्न निस्किने प्रकृतिका छन्। संसार नै अहिले कोरोना संक्रमणमा जुधिरहेको छ। यस्तोमा कहिले स्थिति साम्य हुने र कहिले कमाएर घुम्न निस्किने? ’उनी भन्छन्।

बाह्य उडान बन्द हुँदा र आन्तरिक चहलपहलमा पनि कमि आउँदा आन्तरिक उड्डयन क्षेत्र पनि प्रभावित त हुने नै भयो। कोरोना संक्रमण फैलिएको करिब ३ महिनाको अवधिमा ११ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको संघको तथ्यांक रहेको छ। अहिले सबै आन्तरिक जहाज विमानस्थ्लमा नै पार्किङमा छन्। विमान कम्पनीले विमान उडाउन नपाए पनि उड्डयन प्राधिकरणलाई पार्किङबापतको शुल्क भने बुझाउनुपर्ने हुन्छ। पार्किङ शुल्क अन्तरगत १ हजार किलोको १ डलर तिर्नुपर्ने प्राधिकरणको भनाइ छ। यो ६ घण्टाका लागि तय भएको हुन्छ। मानौ आन्तरिक उडान भर्ने ट्विनेटर १७ हजार र २३ हजार किलोग्राम गरी २ प्रकारको हुन्छ। यदि १७ हजार किलोको विमान ६ घण्टा पार्किङ गर्नुप¥यो १७ डलर बुझाउनुपर्ने हुन्छ। कम्पनीले जहाजको तौल अनुसार शुल्क तिर्ने गर्दछन्।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, यसै सम्बन्धमा प्राधिकरणलाई आन्तरिक विमान कम्पनीलाई कसरी सहुलियत दिन सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको छ। अरुभन्दा पनि प्राधिकरणले लिँदै आएको पार्किङ शुल्क छुट गर्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार, लकडाउनका कारण उडान भर्न नपाएर पार्क भएका विमानको पार्किङ शुल्क मिनाहा गर्ने सम्बन्धमा छलफल गरी सरकारलाई सिफारिस गर्ने तयारी अन्तिम चरणमा छ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.