रुकुम पश्चिममा चट्याङ लागेर एकको मृत्यु, नौ घाइते

रुकुम पश्चिममा चट्याङ लागेर एकको मृत्यु, नौ घाइते

रुकुम : रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ बुधबार राति गंगाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको प्रहरीले जानकारी दिएको छ । 

चट्याङ लागेर रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–४ घर भएकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए । उनकाअनुसार निर्मला मामा घर आएकी थिइन् । 

चट्याङ लागेर स्थानीय २० वर्षीया अनिता विक, २२ वर्षीय प्रकाश विक, ११ वर्षीया तुलसा खड्का, १६ वर्षीया शुसिला खड्का, २२ वर्षीया पविता खड्का, ५० वर्षीया धनमाया खड्कालगायत घाइते भएको डीएसपी केसीले जानकारी दिए । घाइतेमध्ये अनिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.