वीपी प्रतिष्ठानमा कोरोना परीक्षण गरिएका २४ जनाको रिपोर्ट नेगेटिभ
धरान : वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा कोभिड-१९ कोरोना भाइरस परीक्षण सुरु भएसँगै २४ जना बिरामीको स्वाब परीक्षण गरिएको छ । प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै प्रदेश १ का विभिन्न जिल्लाबाट संकलन गरिएको कोरोना संक्रमणको नमूना परीक्षण गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।
नमूना परीक्षणबाट २४ जना बिरामीको स्वाब रिपोर्ट नेगेटिम देखिएको डा. ऐरले जानकारी दिएका छन् । उनका अनुसार प्रतिष्ठानमा दैनिक १२ जनाको नमुना परीषण गरिने छ । परीक्षण गरिएको स्वाबको रिपोर्ट आउन १० देखि १२ घण्टा सम्म समय लाग्ने डा. ऐरले बताएका छन् ।
प्रतिष्ठानमा कोरोना संक्रमत बिरामीको स्वाब परीक्षण गर्न माइक्रोबायोलोजी विभागका प्रमुख प्रा. डा बसुदा खनाल, डा नारायण भट्टराईलगायतका चिकित्सक र ल्वाब टेक्निसियनको जनशक्ति परिचालन गरिएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले बताए ।
प्रतिष्ठानमा कारोना रोगको परीक्षण सूचारु भएसँगै प्रदेश १ र २ बाट कोरोना संक्रमित बिरामीको नमूना परीक्षणका लागि आउने गरेको उनले बताए ।