बागमती प्रदेशका २०३ आइसोलेसनमा

बागमती प्रदेशका २०३ आइसोलेसनमा

हेटौंडा : कोरोना संक्रमणको आशंकामा बागमती प्रदेशका २ सय ३ जना आइसोलेसनमा राखिएको छ। चितवनमा १ सय ६१, ललितपुरमा २६, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा ५, काभ्रेमा ३, मकवानपुरमा र नुवाकोटमा १/१ जना आइसोलेसनमा छन्।

ती मध्ये १ सय ३३ जनाको स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए। यो प्रदेशका १३ जिल्लामा ६ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन्। २४ घण्टायता ११ जनालाई आइसोलेसनमा राखिएको र १ जना थप शंकास्पदलाई आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। प्रदेशका १३ जिल्लामा २ हजार ८३ क्वारेन्टाइन शैय्या निर्माण गरिएको मन्त्रालयको तथ्यांक छ।

प्रदेशभित्र ५ सय ४९ आईसोलेसन शैय्या, १ सय ७८ आईसीयु शैय्या र ६ सय ९२ थान पीपीईको प्रबन्ध भएको प्रवक्ता सुवेदीले बताए। त्यस्तै, थप १ हजार १ सय ४६ क्वारेन्टाइन शैय्या, १२सय २९ वटा आईसोलेशन शैय्या र २३ वटा आईसीयु शैय्या समेत तयारीको क्रममा रहेको उनले जानकारी दिए।

कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २ सय ५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७ सय १३, हेल्पर÷नर्स सहयोगी ४ सय ७५ र १ सय ५७ जना ल्याबोरेटरी प्रर्सनलाई तयारी अवस्थामा राखिएको छ।

अब हेटौंडामै परीक्षण

बिहीबारदेखि हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट कोरोना संक्रमणको परीक्षण हुने भएको छ। यसका लागि आवश्यक सामग्रीको व्यवस्था भइसकेको प्रवक्ता सुवेदीले बताए। संक्रमण नियन्त्रण तथा उपचारमा समन्वय गर्न प्रदेश स्तरीय र्‍यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरिएको छ। २४ घण्टे सहायता कक्षको प्रबन्ध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ। प्रदेशभित्र अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने व्यवस्था गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। यसै वीच प्रदेशभित्र ११ हजार २ सय ९० मेट्रिकन चामल, ३२ हजार मेट्रिक टन नुन र खाना पकाउने ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको र विक्री वितरण सहज बनाइएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.