यो भीडमा थिए कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवक

यो भीडमा थिए कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवक

धनगढी : कोरोना संक्रमित, कैलालीको लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ।

तस्बिरमा देखिएको यही भीडमा ती युवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। लकडाउनका बेला, सीमामा पुगेका उनी सहितका ९९८ जनालाई १९ वटा बसमा हालेर सम्बन्धित स्थानीय तहमा पुर्याइएको थियो। 

त्यो दिन, गौरीफन्टा नाकामा नेपाल आउनु पाउनुपर्छ भन्दै प्रहरीलाई ढुंगामुढा समेत गरिएको थियो। पछि, उनीहरुको नाम ठेगानासहितको रेकर्ड राखेर साँझ बसमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइन हुने शर्तमा पठाइएको थियो। 

११ गते लम्कीचुहास्थित घरमै बसेका उनलाई दोस्रो दिन मात्रै क्वारेन्टाइनमा लगिएको लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताइन। ‘एक रात घरमा बसेका युवकले घरमा पनि कोरोना सारका हुन सक्छन्’, उनले शंका गर्दै भनिन्। 

उनी सहितका ४४ जनालाई चैत १२ गते मात्रै लम्कीचुहा नगपालिका-९ मा रहेको सरस्वती माविमा राखिएको क्वारेन्टाइनका संयोजक तथा प्रतापपुर स्वास्थ्यचौकी इञ्चार्ज करिसिंह भुलले बताए। उनीहरुलाई घरघरबाट बोलाएर क्वारेन्टाइनमा राखिएको हो। ‘कसैलाई त घरमै बसेको पनि तीन चार दिन पनि भइसकेको थियो’, उनले भनिन्।

स्वास्थ्य शाखा प्रमुख बिसीले कोरोना पुष्टि भएका युवकमा कुनै पनि लक्षण भने नदेखिएको बताइन्। ‘क्वारेन्टाइनमा राखिएका ४४ जनाकै दैनिक स्वास्थ्य चेकजाँच, ज्वरो आदि नाप्ने गरेका थियौं’ बिसीले भनिन्। ‘उनमा कुनै पनि समस्या देखिएको थिएन। तर, उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत् धनगढी लगिएको छ।’

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.