संकटमा सहयोगी स्टार

संकटमा सहयोगी स्टार

कोराना भाइरसले निम्त्याएको संकटविरुद्ध बलिउडका कलाकारले सहयोगी हात अघि बढाएका छन् ।

अक्षय कुमार

अक्षय कुमारले कोरानाविरुद्धको लडाइँमा ४० करोड रुपैयाँ दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर आफूले ४० करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । उनले लेखेका छन्– ‘अहिले मानिसको जीवन नै अप्ठ्यारोमा परेको छ । सबैले आ–आफ्नातर्फबाट गर्न सक्नेजति गर्नुपर्छ । मैले आफ्नो बचतबाट ४० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई दिने वचन दिएको छु । आउनुहोस्, जीवन बचाऔँ ।’ यति ठूलो धनराशि सहयोग गर्ने उनी पहिलो बलिउड स्टार हुन् ।

वरुण धव

अभिनेता वरुण धवनले पनि कोरानाविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले ८८ लाख रुपैयाँ दिने बताएका छन्  । यस धनराशिमध्ये उनले ४० लाख रुपैयाँ महाराष्ट्र मुख्यमन्त्री राहत कोष र ४८ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दिनेछन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्– ‘म महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु । महोदय, हामी सबै तपाईंका साथमा छौँ ।’
साथै, उनले दोस्रो ट्वीट गर्दै लेखे– ‘प्रधानमन्त्री राहत कोषमा ४८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु । हामी जित्नेछौँ । देश छ र हामी छौँ ।’

प्रभास

बलिउडका ‘बाहुबली’ प्रभासले कोराना संक्रमणको संकटबाट गुज्रिरहेको आफ्नो देशलाई सहयोग गर्ने बताएका छन् । उनले कोरोनाविरुद्धको लडाइँमा ६ करोड ४० लाख रुपैयाँ दिएका छन् । यसमध्ये ४ करोड ८० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जानेछ । त्यसै गरी, ८० लाख रुपैयाँ आन्ध्र प्रदेशको मुख्यमन्त्री राहत कोषमा जानेछ भने बाँकी ८० लाख रुपैयाँ प्रभासले तेलंगाना राहत कोषलाई दिनेछन् ।

कमल हसन

वरिष्ठ अभिनेता कमल हसनले पनि देशलाई सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो घरलाई हस्पिटलमा परिणत गर्न सरकारसँग आग्रह गरेका छन् । उनले ट्वीट गर्दै सो आग्रह गरेका थिए । उनको त्यो ट्वीट तमिल भाषामा रहेको छ । उनले लेखका छन्– ‘आफ्नो पुरानो घर अस्थायी हस्पिटल बनाउन सरकारलाई दिन तयार छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.