सुत्केरीको हेलिकोप्टरबाट उद्धार

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

डोल्पा :  डोल्पाबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी एक महिलाको पिसाब बन्द भएपछि हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेजमा लगिएको हो । 

जिल्लाको ठुलीभेरी नगरपालिका ७ की २० वर्षीया शान्ती बुढाको पिसाब रोकिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपाल मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 

शुक्रबार शल्यक्रिया गरेकी बुढाको पिसाबमा शनिबार बिहान ११ बजेछि समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।  महिला बालबालिका मान्त्रालयको राष्ट्रपति महिला उद्धारको कोषमार्फत जिल्ला अस्पतालमा २० वर्ष‍ीया शान्ती बुढाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 

यस वर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिोकप्टरबाट १३ जनाको उद्धार भइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.