अब चितवनमा पनि कोरोना परीक्षण

अब चितवनमा पनि कोरोना परीक्षण

चितवन : चितवनमा कोराना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा बनाइएको ल्याबमा आइतबारबाट परीक्षण सुरु गरिएको हो । 

आइतबार प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कन्ट्रोल तथा स्ट्यान्डर टेष्ट गरिएको थियो।  सो ल्याबको एक पटकमा ९० वटासम्म नमूना परीक्षण गर्न सक्ने क्षमता रहेको प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा. कृष्णसागर शर्माले बताए। ‘एक सिफ्टमा ९० वटा परीक्षण गर्न सकिन्छ’, डा. शर्माले भने, ‘आवश्यकता परे उपकरणको क्षमता बढाउन सक्छौँ ।’ 

ल्याव सञ्चालनको लागि जैविक सुरक्षाको व्यवस्था गरिएको छ।  २० जना प्राविधिक रहेका छन्। यसअघि चितवनबाट कोरोना परीक्षणका लागि हेटौंडामा स्वाब लाने गरिएको थियो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक र चितवनका प्राविधिकसहितको टोलीले प्रयोगशाला तयार गरेका थिए। ल्याब स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल सहितको टोली चितवन आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.