कपिलवस्तु अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट आउन बाँकी

कपिलवस्तु अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट आउन बाँकी

कपिलवस्तु : कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा सोमबार राती मृत्यु भएका पुरुषको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ। मृत्यु हुनेमा विजयनगर गाउँपालिका २ का ३० वर्षीय गोवर्धन भर रहेको अस्पतालले जनाएको छ । मृतक भरलाई कोरोना भाइरसको लक्षण देखिएपछि ३ दिनदेखि आइसोलेसनन वार्डमा उपचार गरिँदै आएको थियो । 

मृतक भर क्षयरोगको बिरामी समेत थिए। क्षय रोगको लामो बिरामी, निमोनिया र फोक्सोमा समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि नमूना संकलन गरी पठाइएको छ। तर, रिर्पोट आउन भने बाँकी रहेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.