भेन्टिलेटर अभावले एक जनाको मृत्यु

भेन्टिलेटर अभावले एक जनाको मृत्यु

धनगढी : कोरोना भाइरस (कोभिड १९)का महाकारी फैलिरहेका बेला प्रदेशको राजधानी धनगढीमै भेन्टिलेटरमा उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ।  बुधबार बिहान ११ : ३० बजे धनगढीस्थित माया मेट्रो अस्पताल लगिएका कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको भेन्डिलेटरमा उपचार हुन नपाएर मृत्यु भएको हो।

भट्टलाई बुधबार ११ बजे धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले बिरामीलाई तुरुन्तै भेन्टिलेटरमा राख्नुपर्ने बताएका थिए।  माया मेट्रो अस्पतालमा रहेका दुईवटै भेन्डिलेटरमा बिरामी भएपछि, चिकित्सकले, बिरामीका आफन्तलाई अरु अस्पतालमा भेन्टिलेटर खोज्न सुझाएका थिए।

धनगढीका कुनै पनि निजी र सेती प्रादेशीक अस्पतालले समेत भेन्टिलेटर खाली नभएको बताएपछि आफन्त, उनलाई घर लैजान बाध्य भएका थिए। बिरामीका भतिजा हेमराज भट्टले, धनगढीकै अर्को निजी अस्पताल निसर्ग अस्पताल तथा रिसर्च सेन्टरमा पनि भेन्डिलेटर सञ्चालन गर्ने चिकित्सक नभएको बताएपछि घर लगेको बताए । 

‘सेती प्रादेशीक अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको बताएपछि बाध्य भएर कान्छोबुवालाई घर लगेको बताए’, उनले भने। 
अस्पतालले भर्ना समेत लिन नमानेको उनले बताए। ‘हामीले भर्ना गरिदिन भन्यौ, तर भेन्टिलेटर खाली छैन भने, बाध्य भएर घर लग्यौं, घर लगेको १० मिनेटपछि उहाँको ज्यान गयो’, भट्टले भने।
यता माया मेट्रो अस्पतालका आईसीयु चिकित्सक एलीसा शाहले भने ७६ वर्षका वृद्धको स्वासप्रस्वासमा समस्या रहेको र उनलाई भेन्डिलेटर बाहेक भर्ना गरेपनि त्यसको कुनै औचित्य नभएकाले भर्ना नगरेको बताइन्। 

उनले इमर्जेन्सीमै अक्सिजन दिएर चार घण्टासम्म राखिएको बताइन। ‘हामीले आफन्तलाई तुरुन्तै भेन्टिलेटरमा लानुहोस् भनेका हौं तर कतै पनि भेन्डिलेटर खाली नभएकाले उनीहरुले घर लैजान्छौं भने’, डाक्टर एलीसाले भनिन्।

धनगढीका तीन ठूला निजी अस्पताल निसर्ग, माया मेट्रो र नवजीवन अस्पतालमा मात्रै दुई, दुई शैय्याका भेन्टिलेटर छन्। अझ सेती प्रादेशीक अस्पतालमा त पाँच शैय्याको  आईसीयुमा एकमात्रै भेन्टिलेटर छ।

कोरोनाका महामारी फैलिरहेका बेला, सुदूरपश्चिम प्रदेश भरी सरकारी एक थान मात्रै भेन्टिलेटर रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.