डडेल्धुरामा ‘थ्रोट स्वाब’को नमुना सकंलन सुरु

डडेल्धुरामा ‘थ्रोट स्वाब’को नमुना सकंलन सुरु

डडेल्धुरा : डडेल्धुराका स्थानीय तहका क्वारेन्टाइनमा बसेका मानिसहरूको ‘थ्रोट स्वाब’ नमुना संकलन कार्य सुरु भएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम) ल्याइएपछि ‘थ्रोट स्वाब’ संकलन कार्यसुरु भएको डडेल्धुरा अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले जानकारी दिए।

डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरिरहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। उनका अनुसार डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट कोरोना परीक्षणका लागि कोरेन्टाइनमा बसेका मानिसको नाक र घाँटीबाट ‘थ्रोट स्वाब’ संकलन गरिँदैछ।

जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट ‘थ्रोट स्वाब’ संकलन भइरहेको छ। अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरूको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमुना संकलन कार्य जारी रहेको प्रजिअ पन्तले जानकारी दिए।

‘थ्रोट स्वाब’ संचालनका लागि डडेल्धुरा अस्पताल, जिल्ला स्वास्थ्य र अमरगढीका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका छन्। ‘१९० थान भिटिएम सेनाको हेलिकोप्टरमार्फत जिल्लामा आएको छ।’ प्रजिअ पन्तले भने, ‘कोराना परीक्षणका लागि डडेल्धुरामा १९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिनेछ।’

डडेल्धुरामा १०७ जना क्वारेन्टाइनमा बसेका छन् भने अन्य होम क्वारेन्टाइनमा छन्। जिल्लामा २३ सय मानिस भारतबाट स्वदेश फर्किएका छन्।

नेपाल लकडाउन भएकै दिन चैत ११ गते गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका उनीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले गाडीको व्यवस्था गरी जिल्लामा पठाएर क्वारेन्टाइनमा राखिएको थियो। सो नाकाबाट आएकामध्येबाट कैलालीका एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसँगै आएका र अन्य व्यक्तिहरुमा कोरोनाको परीक्षण गर्न स्वाब संकलन भइृरहेको छ।

तस्बिर : धनबहादुर भण्डारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.