सरकारी कर्मचारीबाटै 'लकडाउन'

सरकारी कर्मचारीबाटै 'लकडाउन'

डडेल्धुरा : जिल्लामा सरकारी पक्षबाटै लकडाउनको अवज्ञा भइरहेको छ । महत्वपूर्ण काम भन्दै सरकारी कर्मचारी बाहिर निस्कन थालेका छन्। उनीहरु प्रहरीलाई समेत नटेरी बाहिर निस्के छन्। जसका कारण कोरोना भाइरसको संक्रमण खतरा बढेको छ।

'लकडाउन'लाई नेपालबन्दको रुपमा लिएर जथाभावी घुम्ने सरकारी कर्मचारीसँगै स्थानीयको पनि बाक्लो उपस्थिति छ।  । स्थानीय, पालिकालगायत अन्य सरकारी कार्यालयका केही कर्मचारी घरमा सेल्फ क्वारेन्टाइनमा बसेको भएपनि काम परेको भन्दै जिल्ला सदरमुकाम धाइरहेका छन् ।सरकारी कर्मचारी भनेपछि प्रहरीले सोधपुछ पनि गर्दैनन्।यसरी सरकारी पक्षबाटै लकडाउन उलंघन हुँदा जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।

डडेल्धुरामा भारतबाट स्वदेश फिर्ता भएका १ सय ९९ जनाको थ्रोट स्वाब सकंलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आषुतोश श्रेष्ठले बताएका छन् । 

सरकारी तवरबाट लकडाउनको उलंघन भएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाले बताए ।' लकडाउनको समयलाई सबैले पालना गर्नैपर्छ, सरकारी कर्मचारीले नियम पलना गर्न अभिमुखिकरण गर्नुपर्ने ठाउँमा आफैं उलंघन गर्छ भने कारबाही हुन्छ,'सहायक प्रमुख जिल्ला अधिकारी ओझाले भने।

प्रहरीले कडाइका साथ लकडाउनको पालन गर्न अनुरोध गरिरहेको भएपनि सडकमा बिना काम निस्कन मानिसहरुले गर्दा समस्या भएको एक प्रहरीले बताए। अतिआवश्यक काममा आएका मानिसबाहेक अन्यलाई घरबाहिर ननिस्कन प्रहरीले सूचना जारी गरिरहेको छ।

जिल्लाको तोफानडाँडा, रातागुन, स्याउलेलगायतका क्षेत्रमा कलडाउनको उलंघन भएको छ। सुदूरपश्चिममा पनि केही दिन आगाडि कोभिड १९ को संक्रमण चार जनामा भेटिएपछि पहाडि जिल्लामा लकडाउनलाई कडाईका साथ लागु गर्नुपर्ने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.